पारिवारिक ग्रिनकार्डको देशीय कोटा दोब्बर बनाउने र रोजगारमा आधारितको कोटा हटाउने बिल संसदमा


प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार

अमेरिकामा पारिवारिक ग्रिनकार्डको देशीय कोटा ७ प्रतिशतबाट बढाएर १५ प्रतिशतसम्म बनाउने बिल संसदमा पेश गरिएको छ । इगल एक्ट २०२१ नामको उक्त बिल प्रतिनिधिसभामा डेमोक्रेटिक सदस्य जो लोफग्रेन र रिपब्लिकन सदस्य जोन कुर्तिसले ल्याएका हुन् ।

त्यो बिलमा रोजगारमा आधारित ग्रिनकार्डको देशीय कोटा हटाउने प्रस्ताव गरिएको छ । ईबी टु र ईबी थ्री श्रेणीको ग्रिनकार्डका लागि ९ बर्षको संक्रमण अवधि प्रदान गर्ने तथा संक्रमण अवधिका लागि ५ दशमलव ७५ प्रतिशत भिसा कन्सुलर प्रकृयाका लागि रिजर्भ राख्ने बिलमा उल्लेख छ ।

नर्स र फिजिकल थेरापिस्टहरुका लागि सुरुको ७ बर्ष ४४ सय ईबी थ्री भिसा रिजर्भ राख्ने समेत बिलमा प्रस्ताव गरिएको छ । यो बिल पारित भएमा कामदार भिसा एचवान बीका लागि समेत नयाँ प्रावधानहरुको व्यवस्था गर्नेछ । आई १४० आवेदन स्वीकृत भइसकेको २ बर्ष भइसकेका रोजगारमा आधारित ग्रिनकार्डका आवेदकलाई भिसा उपलब्ध हुनु अगाडि पनि ग्रिनकार्डका लागि आवेदनदिनसक्ने व्यवस्था समेत बिलमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो बिल सन् २०२० को डिसेम्बरमा सिनेटबाट पारित एउटा बिलकै संसोधित रुप हो । तर यो बिलमा एचवान बी र एच फोर भिसा आवेदकले ग्रिनकार्ड फाइल गर्दा सिमाबन्दी तोक्ने प्रावधान भने राखिएको छैन । साथै केही चाइनिज नागरिकहरुलाई ग्रिनकार्ड आवेदन दिनका लागि रोक लगाउने प्रावधान पनि यसमा समावेश छैन ।

अमेरिकामा हरेक बर्ष विश्वभरबाट  २ लाख २६ हजारसम्मलाई परिवारमा आधारित ग्रिनकार्ड प्रदान गरिन्छ । त्यस्तै रोजगारमा आधारित ग्रिनकार्ड बार्षिक १ लाख ४० हजारसम्मलाई प्रदान गरिन्छ । तर एउटा देशले कुल संख्याको ७ प्रतिशतभन्दा धेरै ग्रिनकार्ड प्राप्त गर्न नसक्ने नियम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com