गल्तीले मतदाता नामावलीमा दर्ता भएकालाई अमेरिकी नागरिकताका लागि अयोग्य नठहराइने


प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार

गल्तीले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका गैर नागरिकहरुलाई अमेरिकी नागरिकताका लागि अयोग्य नठहराइने भएको छ । युएससीआईएसले आफ्नो नीति निर्देशिकामा अपडेट गर्दै राज्यका विभिन्न सुविधाका लागि आवेदन दिने क्रममा गल्तीले मतदाता नामावलीमा दर्ता गराएका गैर नागरिकहरुलाई अमेरिकी नागरिकताका लागि अयोग्य ठहर नगरिने स्पष्ट पारेको हो ।

अमेरिकी नागरिकताका लागि योग्य हुन राम्रो नैतिक चरित्र भएको पुष्टी गर्न आवश्यक छ । अमेरिकी नागरिक भएको भन्दै विगतमा झुठो विवरण दिएकाहरु वा जानाजान मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका वा संघीय चुनावमा मतदान गरेकाहरु अमेरिकी नागरिकताका लागि राम्रो नैतिक चरित्र नभएको आधारमा अयोग्य हुने नियम रहेको छ ।

राष्ट्रिय मतदाता दर्ता ऐन १९९३ ले राज्यहरुलाई राज्यको मोटर गाडी प्राधिकरणबाट ड्राइभर लाइसेन्स वा स्टेट आईडी प्रदान गर्ने बेलामा योग्य मतदाताहरुलाई नाम दर्ता गराउने अवशर प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुशार कैयन राज्यहरुले ड्राइभर लाइसेन्स वा स्टेट आईडी प्रदान गर्ने बेलामा सोही फर्ममा मतदाता नामावली दर्ताका लागि समेत व्यवस्था गरिएको छ ।

ड्राइभर लाइसेन्स वा स्टेट आईडी प्राप्त गर्ने बेलामा गैर नागरिकले आफूलाई नागरिक दावी गर्दै मतदाता नामावलीमा नाम दर्ता गराएको खण्डमा त्यसले भविश्यमा अमेरिकी नागरिकताका लागि आवेदन दिंदा व्यक्तिलाई नागरिकता प्राप्त गर्नका लागि अयोग्य ठहर गर्नसक्छ । युएससीआईएसबा जारी नयाँ अपडेटमा यसरी मतदाता नामावलीमा गल्तीले नाम दर्ता गर्दा पर्ने प्रभावबारे स्पष्ट पारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि आवेदकले अन्जानमा वा आफ्नो इच्छा बेगर मतदाता नामावलीमा नाम दर्ता गरेको भएमा त्यस्तो व्यक्तिलाई कारवाही नगरिने युएससीआईएसले प्रष्ट पारेको छ । यदि आवेदकले ड्राइभर लाइसेन्स, स्टेट आएईडी वा राज्यका अन्य कुनै सुविधा लिने बेलामा मतदाता दर्ता सेक्सन भरेको छैन वा विद्युतीय तथा अन्य कुनै हस्ताक्षर गरेको छैन भने युएससीआईएसले त्यसलाई गैरकानूनी रुपमा मतदाता नामावलीमा नाम दर्ता गरेको मान्नेछैन । अर्थात् उनीहरुको कारवाहीको भागिदार हुनेछैनन् ।

न्युयोर्कमा ड्राइभर लाइसेन्स वा स्टेट आइडी लिने बेलामा मतदाता नामावलीमा नाम दर्ता गराउन लाइसेन्स वा स्टेट आईडीको फर्ममा यो सेक्सन उपलब्ध छ ।

यदि आवेदकले आफू अमेरिकी नागरिक भएको कुरा सकारात्मक रुपमा आवेदनमा कतै उल्लेख गरेको छैन भने पनि त्यस्तो अवस्थामा आवेदकले गैर कानूनी रुपमा मतदाता नामावलीमा नाम दर्ता गराएको नमानिने युएससीआईएसले स्पष्ट पारेको छ । तर यस्तो अवस्थामा उसले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ भने उक्त फर्ममा अमेरिकी नागरिकताबारेको प्रश्न नरहेको वा आफूले अमेरिकी नागरिक भएको कुरा कतै संकेत वा उल्लेख नगरेको प्रमाणित गर्ने भार आवेदकमाथि पर्छ ।

यदि आवेदनमा नागरिकताबारेको प्रश्न रहेको र गैरनागरिक आवेदकले जानाजान आफू नागरिक भएको उल्लेख गरेको रहेछ भने त्यस्तो अवस्थामा भने गैरकानूनी रुपमा मतदाता नामावलीमा नाम दर्ता गराएको ठहर्नेछ । त्यस्तो व्यक्ति राम्रो नैतिक चरित्र नभएको आधारमा अमेरिकी नागरिकता प्राप्त गर्न अयोग्य हुनसक्नेछ । ड्राइभर लाइसेन्स वा स्टेट आइडीको फर्म भर्दा पनि नागरिकताबारेको प्रश्नमा आफू नागरिक भएको उल्लेख गरेमा गैरकानूनी हुनेछ ।

यो नीति निर्देशिका बिहिबारबाट लागु भइसकेको छ भने कमेन्ट अवधि जुन २८ सम्मका लागि तोकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com