भेरी अस्पताल घटनामा संलग्नलाई कारबाही गर्न सिडियोलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन


प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हालिरहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरुमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिनुभएको हो । महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर अपराधिक’ भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिनुभयो ।

उहाँले यस घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पनि बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तरगत कारबाही सुरु गरिएको उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराउनुभयो । घटनालगत्तै सुरक्षाकर्मीलाई पठाएर स्वास्थ्यकर्मीहरुलाई सुरक्षा दिएको र उपचार कार्य जारी राखिएको जानकारी दिँदै उहाँले घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१० दिनअघि भर्ना भएका बिरामीको बिहीबार राति निधन भएपछि कुरुवाले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

बिरामीको उपचारमा खटिएका डा। चन्द्रप्रकाश साहुसहित नर्सहरू सदीक्षा गैरे, वन्दना श्रेष्ठ र आश्विन गुरुङले अस्पतालको पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए । बिरामीका आफन्तले उपचारका क्रममा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै आक्रमण गरेका थिए ।

त्यस क्रममा उनीहरूले अस्पतालको आईसीयूमा प्रवेश गरी तोडफोड पनि गरेको प्रहरीले बताएको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दुई छोरा र एक भाइ गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाको छानबिनका लागि स्थानीय प्रशासनले बिहीवार मध्यराति सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर बिष्टको संयोजकत्वमा छानबिन समिति पनि बनाएको छ।

शुक्रवार एक वक्तव्य जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि उक्त घटनाप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। उसले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो पेसागत धर्म निभाउने वातावरण बनाइदिन अपील पनि गरेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com