प्रस्तावित नयाँ ग्रिनकार्ड आवेदनबाट २ प्रश्न हटाउने तयारीमा बाइडेन प्रशासन


प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार

बाइडेन प्रशासनले अमेरिकामा ग्रिनकार्ड आवेदन आई ४८५ को आगामी परिवर्तनमा विगतमा ट्रम्प प्रशासनबाट तय केही प्रश्नहरु हटाउने तयारी गरिरहेको जनाइएको छ । प्रस्तावित आवेदनमा उल्लेखित गिरोह सम्बन्धित प्रश्नहरु हटाउनेबारे विचार भइरहेको युएससीआईएसका पूर्व रणनीति तथा नीति प्रमुख रोब लले बताएका छन् ।

खासगरी गिरोह सम्बन्धि प्रश्नहरु हटाउने तयारीमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी रहेको छ । ती प्रश्नहरु प्रस्तावित आवेदनको १७ र १८ नम्बरमा रहेका छन् ।

अमेरिका वा अन्यत्र अपराध गर्ने उद्देश्यले तीनजना यो त्योभन्दा बढीको समुहमा तपाईको विगतमा वा अहिले सदस्यता वा आवद्धता रहेको छ ? भन्ने एउटा प्रस्तावित प्रश्न रहेको छ । त्यस्तै एउटाभन्दा बढी देशमा अपराध गर्न वा अपराधको प्रयास गर्न तीनजना यो त्योभन्दा बढीको समुहमा तपाईको विगतमा वा अहिले सदस्यता वा आवद्धता रहेको छ ? भन्ने अर्को प्रस्तावित प्रश्न रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा स्टाटस एड्जस्ट गरेर ग्रिनकार्डका लागि आई ४८५ आवेदन दिने गरिन्छ । यो आवेदनमा सोधिएका कैयन प्रश्नहरुको स्वघोषित जवाफ दिन आवश्यक हुन्छ । प्रश्नहरु हटाउने सन्दर्भमा कुनै अन्तिम निर्णय भने नभइसकेको युएससीआईएसले जनाएको छ ।

प्रस्तावित नयाँ आवेदन फारम यहाँ हेर्नुहोला ।

फर्म आई ४८५ को आवेदन पुनरावलोकनबारेको प्रस्तावले गतबर्ष ट्रम्प कार्यकालमा नै ६० दिनको कमेन्ट अवधि पूरा गरेको थियो । साथै ३० दिन कमेन्टका लागि अवधि थपिएको थियो । तर अफिस अफ म्यानेजमेन्ट एण्ड बजेट अन्तरगतको सुचना तथा नियामक मामला कार्यालयले बाइडेनको कार्यकाल सुरु हुनु अगाडि नै ग्रिनकार्ड आवेदनको नयाँ भर्सन पारित गर्न सकेको थिएन ।

अब ग्रिनकार्ड आवेदन आई ४८५ को नयाँ भर्सन गिरोह सम्बन्धि प्रश्नहरु हटाएर पारित गर्नका लागि सुचना तथा नियामक मामला कार्यालयमा पेश गर्न लागिएको जनाइएको छ । युएससीआईएसले नयाँ फर्मका लागि आगामी अक्टोबर ४ मा ६० दिने कमेन्ट अवधि सहितको सुचना, सन् २०२२ को जनवरी १० मा ३० दिने कमेन्ट अवधि सहितको सुचना र सन् २०२२ को फेबु्रअरी १५ मा अन्तिम स्वीकृतिका लागि सुचना तथा नियामक मामला कार्यालयमा पेश गर्ने टाइमलाइन बनाएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com