पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले युएससीआईएस कार्यालय जाँदा मास्क लगाउनु नपर्ने


प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले अमेरिकामा युएससीआईएसका कार्यालयमा विभिन्न अप्वाइन्टमेन्टहरुमा जाँदा मास्क लगाउनु नपर्ने भएको छ । युएसीआईएसले मास्कबारेको नीतिमा अपडेट गर्दै आफ्ना कार्यालयहरुमा आउँदा पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने जनाएको छ ।

पूर्णरुपमा भ्याक्सिन नलगाएका २ बर्षभन्दा माथिका अन्य सबैले युएससीआईएसका कार्यालयहरुमा जाँदा मास्क लगाउनुपर्नेछ । पूर्णरुपमा भ्याक्सिन लगाएको भन्नाले मोडेर्ना र फाइजरको दोश्रो डोज लगाएको दुईसाता पुगिसकेको बुझिन्छ । त्यस्तै जोन्सन एण्ड जोन्सनको पनि एउटा डोज लगाएको दुईसाता पुगेको हुनुपर्छ ।

विगत १० दिनमा अन्तर्राष्ट्रिय यात्राबाट आएका कोरोनाको लक्षण नभएका पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुपनि युएससीआईएसका कार्यालयहरुमा जान सक्नेछन् । त्यस्तै विगत १४ दिनको अवधिमा कोरोना संक्रमितको ६ फिटभन्दा नजिक १५ मिनेटभन्दा लामो समय गएकाहरु प्नि पूर्णरुपमा भ्याक्सिन लगाएको भएमा युएससीआईएसका कार्यालयहरुमा जान सक्नेछन् ।

एन ९५ मास्क र उपयुक्त पीपीईसहित कोरोना संक्रमितको नजिकमा गएका स्वास्थ्यकर्मीहरुलाई नजिकको सम्पर्कमा गएको सन्दर्भमा छुट दिइने जनाइएको छ । उपयुक्त स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमितको नजिकमा गएका उनीहरुपनि युएससीआईएसका कार्यालयहरुमा प्रवेश गर्नसक्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्णरुपमा भ्याक्सिन नलगाएकाहरु युएससीआईएसको कार्यालयमा जाँदा उपयुक्त मास्क लगाउन सुझाव दिइएको छ । गलबन्दी, पछ्यौरा वा भल्भहरु भएका मास्क लगाएर भने युएससीआईएसका कार्यालयहरुमा जान नपाइने जनाइएको छ । कार्यालयमा फोटो खिच्ने बेलामा वा परिचय सुनिश्चित गर्ने बेलामा भने एकैछिन मास्क हटाउन लगाउन सकिनेछ ।

युएससीआर्ईएसका कार्यालयहरुमा सामाजिक दुरीको नियम भने सबैका लागि लागु हुनेछ । प्रतिक्षाकक्षमा आवेदकले वकिल, अनुवादक, बालबालिकाहरुको हकमा कानूनी अभिभावक, बुबाआमा वा विश्वसनीय बयस्कहरु, आवेदनमा डिपेण्डेटका रुपमा सुचिकृत परिवारका सदस्यहरु र अपांगता भएकाहरुलाई सहयोग गर्ने व्यक्ति बाहेक अरुलाई लैजान पाइनेछैन । नागरिकता वितरण समारोहमा पनि अतिथिहरु लैजान पाइनेछैन ।

विभिन्न ५ श्रेणीमा पर्नेहरुलाई भने अझै पनि कार्यालयमा जान रोक

बिरामी अनुभव गरेकाहरुलाई युएससीआईएसका कार्यालयमा नआउन र अप्वाइन्टहरुको अर्को मिति तय गर्न सुझाव दिइएको छ । कोरोनाको कुनै लक्षण देखिएका कारण अप्वाइन्टहरुको अर्को मिति तय गर्दा कुनै जरिवाना गरिदैन ।

भ्याक्सिन नलगाएका तर विगत १४ दिनको अवधिमा १५ मिनेटभन्दा बढी ६ फिटभन्दा कम दुरीमा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुलाई पनि अप्वाइन्टमेन्ट पुन तय गर्न सुझाव दिइएको छ ।

त्यस्तै भ्याक्सिन नलगाएका तर विगत १० दिनमा आन्तरिक उडान, अन्तर्राष्ट्रिय उडान वा पानी जहाजबाट यात्रा गरेर आएकाहरुलाई पनि अर्को अप्वाइन्टमेन्ट तय गर्न सुझाव दिइएको छ ।

कुनै स्वास्थ्य संस्था, अधिकारी वा सरकारी निकायले १४ दिनसम्म सेल्फ क्वारेन्टीन वा सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिएको भएमा पनि उक्त अवधिमा युएससीआईएसको कार्यालयमा नआउन सुझाव दिइएको छ ।

पूर्णरुपमा भ्याक्सिन नलगाएकाहरुले मास्क लगाउन अस्वीकार गरेमा भवनहरुभित्र छिर्न नदिइने युएससीआईएसले स्पष्ट पारेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com