संसदको रक्षाका लागि थप सक्रिय हुन कानुनविद्को सुझाव, जस्तोसुकै कदम चाल्न तयार छु : सभामुख


प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार

सभामुख अग्निप्रसाद सापकोटाले संसदको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि आफू तयार रहेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्धाको सुनुवाइ सर्वोच्चमा सुरु भएकै दिन बिहीबार संसद भवनमा आयोजित कानुनविद्सँगको परामर्शमा बोल्दै सापकोटाले उक्त कुरा बताएका हुन्। त्यसअवसरमा अधिकांश कानुनविद्ले सभामुख अझ सक्रिय रुपमा संसदको प्रतिरक्षामा उत्रनुपर्ने बताएका थिए।

‘संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन र कदम चाल्न म तयार छु,’ सापकोटाले भने, ‘त्यसका लागि अब राजनीतिक दलमार्फत् नागरिकतहसम्म पुग्नेछु।’

राजनीतिक दलसँगको छलफलपछि सभामुखको भूमिकामा उठाउन मिल्ने र उठाउन सकिने कदम चाल्ने उनले बताए। तर संसदमाथिको हमला कुनै पनि हालतमा नस्वीकार्ने उनले चेतावनी दिए।

छलफलमा बोल्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा जीवितै रहेको अनुभूति दिलाउन सभामुखले अझै बढी सक्रियता बढाउनुपर्ने सुझाव दिए। ‘सभामुखले केही पनि गर्न नसक्ने होइन, संसद जीवित छ भन्ने अनुभूति सभामुखले दिइराख्नुपर्छ, अब पत्रकार, नागरिक समाज, संसदीय समितिहरुसग पनि छलफल गर्नुपर्छ,’ उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसद जीवितै छ भन्ने सर्वोच्चलाई लागेमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने पनि उनले बताए।

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटनजस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भएको बताए।

‘२१ घण्टाको समय दिएर नयाँ सरका गठनको आह्वान हुँदा किन केही हुँदैछ भन्ने सोचिएन, विशेष अधिवेशन वा महाअभियोग अगाडि बढाइएको भए यस्तो हुने थिएन। प्रधानमन्त्री र राष्ट्रपतिबीचको जालझेल र तिकडम रोक्न संसद्ले सकेन’ उनले भने।

नेपाल बार एशोसियनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काको भनाइ थियो–प्रधानमन्त्रीलाई दुरुत्साहनमा मुद्दा चलाउनुपर्छ।’ कोरोना महामारीका बीच र खोपसमेत लगाउन नपाएको अवस्थाका बीच चुनावमा जाऊ भन्नु मर्न जा भन्नु हो भन्दै उनले यस्तो व्यक्तिलाई दुरुत्साहनमा मुद्दा चलाउनुपर्ने बताए।

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सांसद आफैले बाहेक अरु कसैले संसद मार्न नसक्ने बताए। ‘संसद मर्छ भने सांसदकै कारण मात्र मर्छ।सांसदले सरकार दिन सकेनन् बनाउन सकेनन् भने मर्छ। तर सांसदले हामी सरकार दिन्छौं भनेसम्म संसद मर्न सक्दैन,’अधिकारीले भने।

वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि राष्ट्रपति र प्रधानमन्त्रीले संसद मार्न नसक्ने बताए।

‘यो संविधान संविधानसभाले बनाएको हो । अर्को संविधान बन्ने प्रक्रिया छैन । संविधानसभाको संविधान कहिले पनि मर्दैन । यसलाई मार्न कसैले पनि सक्दैन । यसको संशोधन हुन सक्छ,’ उनले भने।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com