अब ग्रिनकार्डवाहक पूजारी अमेरिकाबाहिर एकैपटकमा १ बर्षबढी बसेपनि नागरिकता आवेदन दिन पाउने


प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार

योग्य धार्मिक कार्यमा संलग्न ग्रिनकार्डवाहकहरुलाई अब अमेरिकामा नागरिकता आवेदनको प्रयोजनामा आवासीय निरन्तरताका सन्दर्भमा छुट दिइने भएको छ । सामान्यतया अमेरिकामा नागरिकता आवेदन दिने ग्रिनकार्डवाहक अमेरिका छाडेको ६ महिनाभित्र अमेरिका फर्कर्नुपर्ने नियम रहेपनि धार्मिक काममा संलग्नहरुलाई भने यसको छुट दिइने नीति निर्देशिका युएससीआईएसले प्रकाशित गरेको छ ।

अर्थात् उनीहरु अमेरिकाबाहिर एकपटकमा १ बर्षभन्दा धेरै समय बसेतापनि नागरिकताको लागि आवेदन दिन योग्य हुनेछन् । अमेरिकामा अनुपस्थीतिको पहिले, अनुपस्थीतिकै अवधिमा वा पछि समेत उनीहरुले अमेरिकी नागरिकता आवेदन एन ४०० दिनसक्ने स्पष्ट पारिएको छ । उनीहरुले आवासीय निरन्तरताको संरक्षणका लागि एन ४७० समेत भर्नु नपर्ने जनाइएको छ ।

उनीहरु अमेरिकाबाहिर पूजारी वा धार्मिक सहायकका रुपमा रहेको अवधि आवासीय निरन्तरताकै रुपमा अर्थात् अमेरिकाभित्रै रहेको अवधिको रुपमा गणना गरिने छ । तर उनीहरुले अमेरिकी नागरिकता प्राप्तीका लागि अमेरिकी नागरिकका दम्पत्तिका सन्दर्भमा ग्रिनकार्ड प्राप्त गरेको ३ बर्ष र अन्यका सन्दर्भमा ग्रिनकार्ड प्राप्त गरेको ५ बर्ष पूरा भएको हुनुपर्ने मापदण्ड भने अन्य आवेदकले जस्तै पूरा गर्नुपर्छ ।

यो नीति निर्देशिका तुरुन्तै लागु हुने जनाइएको छ । तर जुन २५ सम्म कमेन्ट समेत गर्न सकिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया अमेरिकी नागरिकताका लागि आवेदन दिंदा आवासीय निरन्तरताको नियम लागु हुन्छ । जस अनुशार ग्रिनकार्डवाहक व्यक्ति अमेरिका छाडेको ६ महिनाभित्र अमेरिका भित्र प्रवेश गरेको हुनुपर्छ । ५ बर्षको अवधिमा ३० महिना अमेरिका बसेको हुनुपर्छ । तर एकपटककै बसाईमा ६ महिना बढी  अमेरिकाबाहिर बसेको खण्डमा भौतिक रुपमा आवासीय निरन्तरता भंग हुन्छ ।

यदि विदेशमा काम गर्ने अमेरिकी सरकारको कर्मचारी भएको खण्डमा, अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने व्यक्ति भएको खण्डमा, अमेरिकामा रहेको धार्मिक संस्थाको विदेशमा रहेको काममा गएको खण्डमा सुविधा पाउने प्रावधान युएससीआईएसमा छ । अमेरिकी सेनामा रहेका व्यक्तिका ग्रिनकार्डवाहक परिवार जागिरको कारणले ६ महिनाभित्र अमेरिका आउन नसकेका पनि छुट पाउन सक्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com