२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

फुकेर ६० सेकेण्डमा कोरोना संक्रमण थाहा पाउने उपकरणलाई सिंगापुरमा अनुमति

फुकेर ६० सेकेण्डमा कोरोना संक्रमण थाहा पाउने उपकरणलाई सिंगापुरमा अस्थायी अनुमति प्रदान गरिएको छ । यो मेसिनमा ब्रेथलाइजरमा जस्तै फुकेर कोभिड संक्रमण भए नभएको एक मिनेटमा नै थाहा हुने जनाइएको छ ।

नेशनल युनिभर्सिटी अफ सिंगापुर अन्तरगतको कम्पनी ब्रेथोनिक्सले मलेसियासँगको सिमाक्षेत्रको प्रवेश नाकामा यो प्रविधिको प्रयोगात्मक परीक्षण गरिने जनाइएको छ । अहिलेको कोभिड १९ एन्टीजेन तीब्र परीक्षणका साथमा यो प्रविधिको पनि प्रयोग गरिने भएको छ ।

यो परीक्षण सिंगापुर डलर ५ देखि २० भित्र बेचिने भएको छ । सिंगापुरमा गरिएको मुख्य क्लीनिकल परीक्षणमा यो प्रविधिबाट कोरोना परीक्षण गर्दा ९० प्रतिशत सही पाइएको थियो । सिंगापुरमा यस्तो खालको परीक्षण प्रविधिलाई अनुमति दिइएको यो पहिलोपटक हो ।

यो प्रणाली अन्तरगत एकपटकमात्र प्रयोग गरेर नष्ट गरिने टुक्रा मुखमा लगाएर फुक्न लगाइन्छ । प्रयोगकर्ताहरुबीच संक्रमण हुन नदिने सुनिश्चित हुने गरी यसको विकाश गरिएको छ । यदि फुक्दा कोरोना संक्रमण देखिएको खण्डमा त्यस्ता व्यक्तिलाई पीसीआर परीक्षण गर्न लगाइनेछ ।

सिंगापुरमा केही समय अगाडि कोरोना संक्रमण दर शुन्यमा झरेको थियो । त्यसपछि पछिल्लो समयमा भारतमा पहिलोपटक देखिएको कोरोनाको प्रकार समेत देखिन थालेपछि चिन्ता बढेको छ । सोमबार सिंगापुरमा स्थानीय रुपमा फैलिएका कोरोनाका २४ केसहरु भेटिएका थिए ।

 

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →