प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर


प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासलाई विपक्ष बनाउँदै उत्प्रेषणयुक्त परमादेशको माग गर्दै रिट दायर भएको हो।

रिटमा प्रधानमन्त्री तथा राष्ट्रपतिबाट भए गरेका काम कारबाहीबाट कानुनको प्रत्यक्ष त्रुटि हुन पुगेको स्पष्ट भएको उल्लेख गर्दै राष्ट्रपति कार्यालय समेतका नाममा परमादेशलगायतका अन्य उपयुक्त आदेश जारी गर्न माग गरिएको छ।

रिट दायरपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता रमेश लेखकले संवैधानिक रुपमा बहुमतको दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको मागसहित रिट दायर गरिएको बताए । उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको माग पनि रिटमा गरिएको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ८ गते राति प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिकमा चुनावको मिति तोकेकी थिइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com