कोरोना महामारी : ७९१४ जनामा संक्रमण पुष्टि, १९३ को मृत्यु


प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार

नेपालमा २४ घन्टामा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १ सय ९८ नमुना परीक्षण गर्दा ७ हजार ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा सक्रिय संक्रमितको संख्या आइतबार १ लाख १५ हजार ५ सय ४७ पुगेको छ । जसमध्ये ७ हजार ३ सय ४९ संस्थागत तथा १ लाख ८ हजार १ सय ९८ होम आइसोलनेसनमा छन्।

यस्तै, काठमाडौ उपत्यकामा पनि संक्रमणदर घट्दो छ। आइतबार उपत्यकामा २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्त्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १७६१ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ सय ९३ जनाको निधन भएको छ। मन्त्रालयका अनुसार आइतबार ७ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त दर ७६ दशमलव ३ प्रतिशत रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com