लकडाउनमा पनि अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा नविकरण, एकमहिनामा ५०९ जनालाई


प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार

अप्रिल २९ देखि अमेरिकी दूतावास काठमाडौंले भिसा अप्वाइन्टहरु रद्द गरेपनि भिजिटर भिसा नविकरणको काम भने जारी नै राखेको जनाएको छ । अन्य गैरआप्रवासी भिसा जारी गर्न रोकेको बेलामा समेत विना अन्तरवार्ता भिजिटर भिसाको नविकरण जारी राखेको अमेरिकी दूतावास काठमाडौंले अप्रिलमा मात्र ५०९ जनाको को भिजिटर भिसा नविकरण गरेको छ ।

अधिकांश भिजिटर भिसा नविकरण भएपनि आपतकालिन अवस्थामा अमेरिका भ्रमण गर्नुपर्ने अवस्था भएकाहरुका लागि नयाँ भिसा पनि जारी गरिएको जनाइएको छ ।

अमेरिकी दूतावास काठमाडौंबाट अप्रिलमा जारी विभिन्न श्रेणीका गैरआप्रवासी भिसा संख्या

अमेरिकी विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट जारी तथ्यांक अनुशार यो संख्या मार्चको तुलनामा केही कम भएपनि महामारीपछिका महिनाहरुका तुलनामा भने उल्लेख्य नै हो । मार्चमा भने अमेरिकी दूतावास काठमाडौंले ७६० जनाको भिजिटर भिसा नविकरण गरेको थियो । जुन महामारी सुरु भएयताकै सबैभन्दा धेरै रहेको थियो ।

मे महिनामा नेपालमा महामारी चर्को बनेपछि पनि भिजिटर भिसा नविकरणको काम जारी राखेको दूतावासले जनाएको छ । तर विगतको तुलनामा भने भिसा प्रकृयामा लैजान लामो समय लाग्नसक्ने दूतावासको भनाई छ । यद्यपी मार्चमा कतिजनाको भिसा नविकरण भयो भन्ने तथ्यांक भने जुन महिनामा सार्वजनिक हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अप्रिलमा अमेरिकी दूतावास काठमाडौंले विभिन्न १४ श्रेणीमा गैर आप्रवासी भिसाहरु जारी गरेको छ । जसमा भिजिटर भिसा पछि सबैभन्दा धेरै विद्यार्थी र उनीहरुका डिपेण्डेण्ट ३४ जनालाई भिसा जारी गरिएको छ । अप्रिलमा १५ जनालाई कामदारभिसा एचवानबी र १७ जना कामदार भिसा वाहकका डिपेण्डेण्टहरुलाई भिसा प्रदान गरिएको छ ।

अमेरिकी सरकारले विना अन्तरवार्ता भिसा नविकरणका सन्दर्भमा यसअगाडि नै सुविधा थप गरेको थियो । भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिले सोही श्रेणीको गैर आप्रवासी नयाँ भिसा विना अन्तरवार्ता पनि प्राप्त गर्न सक्ने प्रावधान छ ।

यो सुविधा सन् २०२१ को डिसेम्बर ३१ सम्मका लागि थप गरिएको हो । यो सुविधा अन्तरगत विगतमा अमेरिकाको गैरआप्रवासी भिसा भएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले दूतावासमा अन्तरवार्ता नै दिन नगई ड्रपबक्स सुविधाबाट नयाँ भिसा प्राप्त गर्नेछन् ।

विना अन्तरवार्ता भिसा नविकरण गर्न चाहनेहरुलाई नजिकको दूतावास वा कन्सुलेटको वेवसाइटमा हेर्न सुझाव दिइएको छ । भिजिटर लगायतका गैरआप्रवासी भिसाका सन्दर्भमामात्र यो नियम लागु हुने तर आप्रवासी भिसाका सन्दर्भमा यो नियम लागु नहुने जनाइएको छ । भिसा अन्तरवार्ता दिनुपर्ने वा नपर्ने कुराको निर्धारण सम्बन्धित दूतावास वा कन्सुलेटले गर्नेछन् ।

अमेरिकी दूतावास काठमाडौं

अमेरिकाको भिजिटर भिसा समाप्त भएको ४ बर्ष पूरा भएको छैन भने तपाईले त्यो भिसा दूतावासमा विना अन्तरवार्ता नै रिन्यु गर्न सक्नुहुनेछ । तर त्यसका लागि तपाईले  मापदण्डहरु पूरा गर्नुपर्छ ।

तपाईको भिजिटर भिसा भिसा रिन्यु गर्नका लागि तपाईले सन् २००८ को जनवरी १ वा त्यसपछि पूरानो भिसाका लागि अन्तरवार्ता दिएको हुनुपर्छ । तपाईको पहिलेको भिसा मल्टिपल इन्ट्री सहितको हुनुपर्छ ।

पहिले जारी भएको भिसा पूरा अवधि अर्थात ५ बर्षका लागि नै जारी भएको हुनुपर्छ । भिजिटर भिसाका लागि हालेको आवेदन अस्वीकृत भएको हुनुहुँदैन भने पूरानो भिसा हराएको, चोरी भएको वा खारेज गरिएको हुनुहुँदैन ।

त्यस्तै जन्ममिति, नाम, राष्ट्रियता जन्मस्थान लगायतका विवरणहरु परिवर्तन भएको हुनुहुँदैन । अमेरिका भ्रमणका क्रममा अमेरिकी कानुनको पालना गरेको हुनुपर्छ भने भिसा सकिएको ४ बर्ष नाघेको हुनुहुँदैन ।

यदि यी मापदण्डहरु पूरा भएको खण्डमा तपाईले विना अन्तरवार्ता नै भिसा नविकरण गराउन सक्नुहुनेछ । त्यसका लागि तपाईले डीएस १६० नामको फर्म भने भर्नुपर्छ ।

त्यसपछि भिसा शुल्क तिरेर तपाईले अप्वाइन्टमेन्ट लिने पेजबाट आवश्यक कागजातको सुची सहितको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रको दुईकपी प्रिन्ट गरेर तपाईले एककपी पत्र, तपाईको पासपोर्ट, डीएस १६० कन्फर्मेशन पेज, विगतको भिसा, एक तस्विर, सर्पोर्टिंग कागजात दूतावाससमक्ष बुझाउनुपर्छ ।

त्यसपछि तपाईले केहीदिनमा नविकरण गरिएको भिसा पाउनसक्नुहुनेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com