अप्रिलमा पनि नेपाली डिभी विजेतालाई भिसा नदिएको खुलासा, कुन भिसा कतिले पाए ?


प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार

अमेरिकी दूतावास काठमाडौं

अप्रिल २९ देखि सबै भिसा अप्वाइन्टहरु रद्द गरेको अमेरिकी दूतावास काठमाडौंले त्यो अगाडि पनि अप्रिल महिनाभर एउटा पनि डाइभर्सिटी भिसा जारी नगरेको खुलासा भएको छ । अन्य श्रेणीमा भने काठमाडौं दूतावासले अप्रिलमा ५५९ जनालाई आप्रवासी भिसा जारी गरेको अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

अप्रिलमा पहिलो प्राथमिकतामा अमेरिकी दूतावास काठमाडौंले अमेरिकी नागरिकका बुबाआमाको आप्रवासी भिसालाई प्राथमिकता दिएको देखिएको छ । उक्त श्रेणीमा सबैभन्दा धेरै ३४३ जनालाई दूतावासले भिसा जारी गरेको छ । त्यस्तै अमेरिका छाडेको एकबर्ष नाघेका ग्रिनकार्डवाहक २३ जनालार्ई रिटर्निङ रेसिडेण्ट भिसा जारी गरिएको छ ।

अमेरिकी विदेशमन्त्रालयले अमेरिकी नागरिक वा ग्रिनकार्ड वाहकका दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरुको आप्रवासी भिसा र अमेरिकी नागरिकका मंगेतरको भिसालाई प्राथमिकतामा राखेर जारी गर्न दूतावास र कन्सुलेटहरुलाई निर्देशन दिएको थियो । जस अनुशार ८० जना अमेरिकी नागरिकका दम्पत्ति र १६ जना उनीहरुका छोराछोरीहरुलाई भिसा दिइएको छ ।

अमेरिकी दूतावास काठमाडौंबाट अप्रिलमा जारी विभिन्न श्रेणीका आप्रवासी भिसाको संख्या

यद्यपी अमेरिकी नागरिकका मंगेतरहरु ६ जनालेमात्र अप्रिलमा काठमाडौं दूतावासबाट भिसा पाएका छन् । मंगेतर भिसा भने गैरआप्रवासी भिसाको श्रेणीमा पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै २ जना असाधारण योग्यता भएकाहरु र ७ जना पेशागत कामदारहरुलाई पनि अप्रिलमा आप्रवासी भिसा जारी गरिएको छ । ग्रिनकार्डवाहकका दम्पत्तिहरु ४७ जनालाई पनि अप्रिलमा अमेरिकी दूतावास काठमाडौंले भिसा जारी गरेको छ । नागरिकका बुबाआमाहरुलाई अमेरिकी विदेशमन्त्राले तेश्रो प्राथमिकतामा राखेपनि काठमाडौं दूतावासले भने पहिलो प्राथमिकतामा राखेको देखिएको छ ।

अन्तिम प्राथमिकतामा डिभी लोटरीमा आधारित भिसा पारिएपछि डिभी विजेताहरु मारमा परेका छन् । ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि काठमाडौं दूतावासले मार्चमा पनि एकजनालाई पनि डाइभर्सिटी भिसा जारी गरेको थिएन ।

यसैबीच अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सुचना जारी गरेर डिभी २०२१ का लागि छुट्याइएको वैधानिक भिसा संख्या सबै प्रयोग नहुने देखिएको जनाएको छ । भिसा जारी गर्ने प्राथमिकतामा डाइभर्सिटी भिसालाई अन्तिम प्राथमिकतामा राख्दै अमेरिकी विदेशमन्त्रालयले सन् २०२१ का कम डिभी विजेताले भिसा पाउने अवस्था रहेको जनाएको हो ।

विदेश मन्त्रालयले भनेको छ  – ‘हामी स्वीकार गर्दछौं कि डाइभर्सिटी भिसा लगायतका केही कार्यक्रमहरु आर्थिक बर्ष आधारमा संचालन हुने कानूनी प्रावधान रहेको छ । विदेश मन्त्रालयले डाइभर्सिटी भिसा कार्यक्रमलाई महत्व दिन्छ । र कोरोना महामारीका कारण कार्यसंचालनमा उत्पन्न गम्भिर अवरोध र ब्याकलगका बाबजुत अन्य प्राथमिकता अनुरुप सम्भव भएजति धेरै डाइभर्सिटी भिसाका आवेदनहरु प्रकृयामा लैजान हरतरहले प्रयास गरिरहेको छ ।’

‘यद्यपी कोरोना महामारीका कारण जारी गरिने भिसा संख्या कम प्राथमिकतामा रहेका श्रेणीमा पर्ने भएकाले डाइभर्सिटी भिसा कार्यक्रम लगायतका कार्यक्रमहरुमा आर्थिक सन् २०२१ का लागि तय भएका वैधानिक भिसा संख्या प्रयोग नहुनेजस्तो देखिएको छ ।’ –  अमेरिकी विदेशमन्त्रालयले भनेको छ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर अहिले बाइडेन प्रशासनले रोक हटाउँदा पनि भिसा जारी नगर्नुले उनीहरुमा अन्यौल छाएको छ ।

सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्ने नियम रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा पनि  मे ८ मा आइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com