राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन


प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन्। राष्ट्रपतिको कार्यालय शितल निवासले शुक्रबार मध्यरातमा विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।

यो सँगै कार्तिक २६ गते र मंसिर ३ गतेका लागि प्रतिनिधिभाको निर्वाचनको मितिसमेत घोषणा गरिएको छ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीमा नियुक्तिका लागि दिइएको दाबी राष्ट्रपति विद्यादेवि भण्डारीले अस्वीकृत गरेपछि मन्त्रीपरिषद्ले संविधानको धारा ७६(७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो।

यसअघि पुस ५ गते प्रतिनिधि सभा विघटन हुँदा असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेको थियो। जसलाई फागुन ११ गते सर्वोच्चले बदर गरिदिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com