अपडेट: १४९ सांसदका हस्ताक्षर लिएर देउवा राष्ट्रपति कार्यालयमा


प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार

सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गर्दै विपक्षी दलहरू राष्ट्रपति कार्यालय पुगेका छन्। 

१४९ सांसदहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्।

जसपाका १२, नेकपा एमालेको माधव नेपाल – झलनाथ खनाल पक्षका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

अहिले नेपाली काँग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसद रहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com