‘प्रतिज्ञा गर्छु’ शब्द हटाएर शपथ सम्बन्धी नयाँ अध्यादेश जारी, ‘ईश्वर’ वा ‘देश र जनता’ छान्नसक्ने


प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट बिहीवार शपथ सम्वन्धी अध्यादेश अध्यादेश जारी भएको छ । जसमा शपथको नमुनामा ‘प्रतिज्ञा गर्छु’  भन्ने शब्दहरु हटाइएको छ, जुन प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो शपथका क्रममा ‘त्यो पर्दैन’  भन्दै भन्न छुटाएका थिए ।

त्यस्तै अध्यादेशमा  अब शपथ लिँदा ‘ईश्वर’ वा ‘देश र जनता’मध्ये कुनै एकको नाममा शपथ लिन पाउने व्यवस्था गरिएको छ ।

नेपालको संविधान २०७२ मा संघीय कानून बमोजिम शपथ लिनुपर्ने कुरा उल्लेख भए पनि कानून नबनेको अवस्था थियो । पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादित बनेपछि कानूनको खोजी भएको थियो । शपथको कुनै कानून नभेटिएपछि अध्यादेश ल्याइएको एक मन्त्रीले बताए ।

शपथका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्न लगाउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो । अध्यादेशमा राखिएको शपथको नमूनामा ‘प्रतिज्ञा गर्छु’ हटाइएको छ । विगतका शपथमा ‘प्रतिज्ञा गर्छु’ राखिएको हुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठका अनुसार संविधानमा शपथ लिनुपर्ने कुरा उल्लेख भए पनि ऐन, कानूनको अभावमा विगतकै अभ्यास अनुसार राष्ट्रपतिले संवैधानिक निकायका पदाधिकारीहरूलाई शपथ गराउने गरिएको थियो ।

‘विगतकै अभ्यासको आधारमा शपथ ग्रहण हुने गरेको थियो, अहिले आएर शपथको विषय विवादित बनेपछि कानून बनाइएको हो,’ मन्त्री श्रेष्ठले लोकान्तरसँग भने, ‘त्यसैले कानूनसम्मत बनाउनका लागि अहिले संसद नचलेको अवस्थामा अध्यादेश ल्याइएको हो ।’

अध्यादेशमा यस्तो छ शपथको नमूना –

म नेपालको राजकीय सत्ता, सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक ईश्वरको/ देश र जनताको नाममा शपथ लिन्छु कि पदको जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह नराखी, खराब भावना नलिई इमान्दारीका साथ पालना गर्नेछु । आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दाबाहेक अरु अवस्थामा कुनै किसिमबाट वा संकेत गर्ने छैन ।’

द्रष्टव्यमा उल्लेख गरिएको छ –

‘सार्वजनिक पद धारण गर्ने व्यक्तिले शपथको ढाँचामा रहेको निष्ठापूर्वक भन्ने शब्दपछि रहेका ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये शपथ कुन शब्दमा प्रयोग गर्ने हो भन्ने कुराको शपथ ग्रहण गर्नुअघि शपथ गराउने पदाधिकारीलाई जानकारी गराउनुपर्नेछ ।’

यसरी ईश्वरको नाममा वा देश र जनताको नाममध्ये शपथ लिने पदाधिकारीले एउटा छान्न पाउनेछन् ।

यसअघि २०७३ सालमा शपथ सम्बन्धी कानून थियो । २०७५ सालसम्म कार्यान्वयनमा रहे पनि नयाँ संविधान बनेपछि खारेज भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com