राष्ट्रपतिद्वारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि आव्हान


प्रकाशित मिति : जेष्ठ ६, २०७८ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

वैशाख ३० गते प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त भएका केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नरहेको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।

हाल विकसित राजनीतिक परिस्थितिमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको मौजुदा सरकारलाई विश्‍वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको भन्दै सरकारकै सिफारिसमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।

उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मका लागि समय दिइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com