मौन अवधिमा मत मागेको भन्दै कांग्रेस र माओवादीद्वारा ओलीलाई कारबाहीको माग


प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार

राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मत मागेको भन्दै प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले आपत्ति जनाएका छन्।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएकोप्रति भर्त्सना गर्ने निर्णय गरेको हो।

प्रमुख सचेतक बालकृष्ण खाँडले निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने बैठकले ठहर गरेको उल्लेख गरे। बामगती प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन बिहीबार हुँदैछ।

यस्तै, ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माग गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रचण्ड सचिवालयतर्फबाट स्वकीय सचिव जोखबहादुर महराले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका बेला ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका हुन्।

बागमती प्रदेश सभाको उपनिर्वाचन बिहीबार हुँदैछ। ओलीले बुधबार एमालेका उम्मेदवार रामबहादुर थापालाई जिताउन मतदातासँग अपील गरेका थिए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com