कोरोना महामारी : ८१३६ जनामा संक्रमण पुष्टि, ६८९१ निको भए


प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार

नेपालमा २४ घण्टामा ८ हजार १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २ सय ८६ को पिसिआर र ६९३ जनाको एन्टिजेन परीक्षण गरिँदा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ पुगेको छ।

यस्तै, २४ घण्टामा १ सय ९६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ हजार ४ सय ११ जनाको मृत्यु भइसकेको छ।

नेपालमा निको हुने संख्या पनि बढ्दो छ। २४ घण्टा अवधिमा ६ हजार ८ सय ९१ जना निको भएका छन्। हालसम्म निको हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com