पहिले नै ट्याक्स फाइल गरेकाहरुलाई आईआरएसबाट १० हजार २ सयको रिफण्ड यो साता


प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार

गतबर्ष बेरोजगारी विमा रकम लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेकाहरुलाई आईआरएसले १० हजार २ सय डलरको ट्याक्स तिरेको रकम यो साताबाट रिफण्ड गर्ने भएको छ । आइआरएसले आज गरेको घोषणा अनुशार उनीहले रिफण्ड रकम यसैसाता पाउनेछन् ।

नयाँ नियम अनुशार बेरोजगारी विमाको सुरुको १० हजार २ सयमा संघीय ट्याक्स छुट दिइएको थियो तर उक्त नियम नआउँदै कैयनले बेरोजगारी विमाको सुरुको १० हजार २ सयको समेत ट्याक्स तिरेर ट्याक्स फाइल गरेका थिए । यो संख्या झण्डै १० मिलियन रहेको आईआरएसले जनाएको छ ।

पुरानै प्रणाली अन्तरगत ट्याक्स फाइल गरेका अधिकांशले उक्त रकमको ट्याक्स छुट रिफण्ड प्राप्त गर्न कुनै कदम चाल्न नपर्ने आईआरएसले जनाएको छ । आईआरएसले आफै हिसाब गरेर उक्त रकम करदाताको खातामा रिफण्ड गरिदिने भएको छ । यदि विवाहित दम्पत्तिले संयुक्त रुपमा ट्याक्स फाइल गरेको खण्डमा बेरोजगारी विमाको २० हजार ४ सय सम्ममा ट्याक्स छुट प्राप्त हुनेछ ।

रिफण्ड मे महिनामा दुईचरणमा जारी गरिने आईआरएसले जनाएको छ । सुरुमा आईआरएसले १० हजार २ सयसम्मको ट्याक्स छुटका लागि योग्य एकल करदाताहरुको हिसाब गर्नेछ । आइआरएसले हिसाब गरेपछि उक्त रकम तिर्नुपर्ने रकममा घटाउन मिल्ने भएमा घटाइनेछ अन्यथा रिफण्ड गरिनेछ । त्यसपछि आईआरएसले विवाहित दम्पत्तिको ट्याक्स छुटका लागि हिसाव गर्नेछ । र उक्त रकम तिर्नुपर्ने रकममा घटाउन मिल्ने भएमा घटाइनेछ अन्यथा रिफण्ड गरिनेछ ।

उदाहरणका लागि १० हजार २ सयको ट्याक्स तिरिसकेकाहरुले आईआरएसलाई बुझाउने कुल ट्याक्स रकम २ हजार डलर छ तर ट्याक्स रकम बुझाइसकेको छैन भने ट्याक्स छुटबाट प्राप्त हुने रकम उक्त २ हजारमा घटाएर तिर्नुपर्ने रकम कम बनाइनेछ । तर रकम तिरिसकेको छ वा तिर्ने रकमको तुलनामा १० हजार २ सयको ट्याक्स रिफण्ड आउने रकम धेरै रहेको छ भने हिसाब गरेर करदाताको खातामा पठाइनेछ ।

ट्याक्स फाइल गर्दा बैंक खाता दिएकाहरुको हकमा बैंक खातामा पठाइने र नदिएकाहरुको हकमा हुलाकबाट चेक पठाइने आईआरएसले जनाएको छ । बैंक खाता नदिएकाहरुको सन्दर्भमा चेक प्राप्त हुन लामो समय लाग्नसक्नेछ ।

केही करदाताहरुले भने परिमार्जन फाइल गर्न आवश्यक रहेको आईआरएसले जनाएको छ । अर्नड इन्कम ट्याक्स क्रेडिट लगायतका अतिरिक्त करछुट र क्रेडिटहरु प्राप्त गर्ने व्यक्तिले परिमार्जन फाइल गर्नुपर्ने आईआरएसले जनाएको छ । तर उनीहरुको बेरोजगारी विमा रकमको १० हजार २ सयको ट्याक्स ब्रेक दावी गर्दा उनीहरुको आम्दानीले त्यस्ता अतिरिक्त क्रेडिट प्राप्त गर्ने स्तरमा पुगेमामात्र परिमार्जन फाइल गर्नुपर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com