अब फोनमार्फत युएससीआईएसको बायोमेट्रिक अप्वाइन्टमेन्ट सार्न सकिने


प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार

अब फोनमार्फत युएससीआईएसको बायोमेट्रिक अप्वाइन्टमेन्ट पुनर्तय गर्न सकिने भएको छ । आवेदक, याचिकाकर्ताहरु, अनुरोधकर्ताहरु र लाभग्राहीले युएससीआईएसका आवेदन सहायता केन्द्रहरुमा फोनमार्फत बायोमेट्रिक अप्वाइन्टमेन्ट पुनतर्य गर्न सक्ने युएससीआईएसले स्पष्ट पारेको छ ।

यस अगाडि आवेदकले बायामेट्रिक अप्वाइन्टमेन्टहरु पुनर्तय गर्नका लागि लिखितरुपमा अनुरोध गर्नुपर्ने व्यवस्था रहेको थियो । नयाँ परिवर्तनले अब अनावश्यक कागजीप्रकृयाको झण्झट हटाउने र युएससीआईएसलाई आवेदकका अनुरोधहरु अझ प्रभावकारी तरिकाले ट्रयाक गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

आवेदकले आफ्नो बायामेट्रिक अप्वाइन्टमेन्ट पुनर्तय गर्नका लागि उचित कारण दिन सक्नुपर्नेछ । साथै सुरुको बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति र समयभन्दा अगाडि नै पुनर्तयका लागि फोन सम्पर्क गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि आवेदकले बायोमेट्रिक अप्वाइन्टमेन्ट सार्नका लागि राम्रो कारण दिन नसकेको खण्डमा वा सुरुको बायोमेट्रिक अप्वाइन्टमेन्टको मिति र समय अगाडि नै फोन सम्पर्क नगरेको खण्डमा युएससीआईएसले आवेदन परित्याग गरेको निष्कर्ष निकाल्न सक्नेछ । परिणामस्वरुप आवेदन अस्वीकृत हुनसक्नेछ ।

युएससीआईएसको बायोमेट्रिक अप्वाइन्टमेन्ट सार्न युएएससीआईएसको सम्पर्क केन्द्रमा ८०० ३७५ ५२८३ मा फोन गर्नुपर्नेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com