अमेरिकी कर्मचारीका परिवार र गैर आपतकालिन कर्मचारीलाई नेपाल छाड्न अमेरिकाको अनुमति


प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालमा रहेका अमेरिकन कर्मचारीहरुका परिवार र गैर आपतकालिन कर्मचारीहरुलाई नेपाल छाड्न अनुमति दिएको छ । नेपालमा कोरोना संक्रमण दर दैनिक १० हजारको नजिक पुगेपछि अमेरिकाले स्वेच्छिक रुपमा नेपाल छाड्न चाहने गैर आपतकालिन कर्मचारीहरु र सबै कर्मचारीका परिवारलाई नेपाल छाड्न अनुमति दिएको हो ।

नेपालबाट नियमित व्यवसायिक उडानहरु स्थगित भइसकेका छन् । अन्तर्राष्ट्रिय उडान रोकिएको बेला नेपालबाट अमेरिका प्रस्थान गर्न चाहने अमेरिकन र ग्रिनकार्डवाहकहरुका लागि अमेरिकी दूतावास काठमाडौंले फर्म उपलब्ध गराएको छ । फर्म भरेको खण्डमा आफूहरुलाई को को व्यक्ति नेपालबाट प्रस्थान गर्न चाहन्छ भन्नेबारे बुझ्न सहयोग हुने र चार्टड उडान उपलब्ध हुनासाथ सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

अमेरिकी दूतावास काठमाडौंले भने अमेरिकी सरकारको पहलमा कुनै पनि उद्दार उडानको आयोजना नगरेको दूतावासले स्पष्ट पारेको छ । अहिलेको समयमा नेपालबाट कुनै चार्टड उडान प्रस्थान गर्नेबारे आफूहरुलाई सुचना नभएको र भविश्यमा हुने त्यस्ता उडानबारे आफूहरुलाई जानकारी प्राप्त हुनासाथ ती उडानहरुमा टिकट किन्नका लागि सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

नेपाल छाड्न चाहने अमेरिकन नागरिक र ग्रिनकार्डवाहकले भर्नुपर्ने फर्म

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेका लागि मे १४ सम्म अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएपनि परिवर्तित अवस्थालाई सम्बोधन गर्न उडान स्थगन लम्बिनसक्ने तर्फ दूतावासले सचेत गराएको छ । यद्यपी सरकारले लकडाउनको बेलामा नेपाल छाड्न चाहनेहरुका लागि चार्टड उडानको अनुमति दिने चाहना व्यक्त गरेको भन्दै दूतावासले नेपाल छाड्न चाहने अमेरिकनहरुका लागि फर्मको व्यवस्था गरेको हो ।

अहिले नेपालबाट नयाँ दिल्लीमा साताको दुईवटा बाहेक सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भइसकेका छन् । यसैबीच नेपालको पर्यटन मन्त्रालयले काठमाडौं फर्कन सहयोग चाहिने पर्यटकहरुका सन्दर्भमा फर्मको व्यवस्था गरेको छ । पर्यटकहरुको स्थान र अवस्थाबारे जानकारी हासिल गर्नका लागि उक्त फर्मको व्यवस्था गरिएको हो ।

आफू माताहतमा नेपाल यात्रा गरिरहेका पर्यटकबारे जानकारी दिन एजेन्सीले भर्नुपर्ने फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।

नेपालमा यात्रा गरिरहेका पर्यटकहरुले आफूबारे जानकारी दिन यो फर्म भर्नुहोला ।

नेपालको अन्य स्थानबाट काठमाडौं आउने पर्यटकहरु अनिवार्य ५ दिनसम्म होटेल क्वारेन्टीनमा बस्नुपर्ने जनाइएको छ । काठमाडौं आउने पर्यटकहरुका लागि कलंकी, बालाजु र एयरपोर्ट क्षेत्रमा क्वारेन्टीनका लागि २४ वटा होटेलहरु तय गरिएको छ ।

नेपालको विभिन्न भागबाट काठमाडौं आउने पर्यटकहरु क्वारेन्टीनमा बस्नुपर्ने होटेलको सुचीका लागि यहाँ क्लीक गर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com