अन्तत: बेलायतको यात्रा प्रतिबन्धको रेड लिष्टमा नेपाल पनि


प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार

अन्तत: बेलायतको यात्रा प्रतिबन्धको रेड लिष्टमा नेपाल पनि थपिएको छ ।

नेपालमा कोरोना संक्रमण तीव्र भईरहंदा बेलायतले आज शुक्रबार नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेस गरेको बेलायती यातायातमन्त्री ग्रान्ट श्याप्सले जानकारी दिएका हुन् ।

यसअघि भारत, कतार र टर्की रेडलिष्टमा परेपछि नेपालसंगको हवाई सम्पर्क पनि विच्छेद जस्तै भएको छ ।

रेड लिष्टमा परेका मुलुकबाट बेलायत आउन प्रतिवन्ध रहनेछ । बेलायती नागरिक वा यहाँ स्थायी रुपमा बसोबास गर्नेहरुले भने कडा शर्तहरुसहित यात्रा गर्न छुट पाउनेछन् । ती यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड लाग्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस अवधिमा दुई पटक पिसिआर टेस्ट गराउनु पर्नेछ । तर नतिजा नेगेटिभ आएपनि १० दिनको पूरै अवधि होटेल क्वारेन्टिनमै बिताउनुपर्नेछ ।

लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सका सुनिल थापाले नेपालको अन्तरराष्ट्रिय उडान प्रतिवन्ध हटेपछि नेपालबाट बेलायत आउन निकै सकस र खर्चिलो हुने बताए ।

त्यस्तै, यसअघि रेड लिष्टमा रहेका विभिन्न १२ मुलुकलाई भने अब ग्रीन लिष्टमा सारिएको छ ।  

अर्को सोमबारदेखि लागू हुने गरी पोर्चुगल, इजरायल, सिंगापुर, अष्ट्रेलिया, न्यूजिल्यान्ड, ब्रुनाइ, आइसल्यान्ड, जिब्रलटार, फकल्यान्ड आइल्यान्ड, फारोइ आइल्यान्ड, साउथ जर्जिया, साउथ स्यान्डविच आइल्यान्ड र सेन्ट हेलेनालाई ग्रीन लिष्टमा राखिएको छ ।  

ग्रीन लिष्टमा पर्ने मुलुकबाट आउने यात्रुहरुलाई क्वारेन्टिन् बस्न पर्नेछैन् ।

आउँदो मे १७ तारिखबाट हाल जारी लकडाउन सहज गरिने र उक्त मितिबाट यात्रा प्रतिबन्ध सम्बन्धि नयाँ नियम लागू गरीने मन्त्री श्याप्सले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com