चालु आर्थिक बर्षमा ६२ हजार ५ सयसम्म शरणार्थी स्वीकार गर्ने बाइडेनको घोषणा


प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले चालु आर्थिक बर्षका लागि अमेरिकाले स्वीकार गर्ने शरणार्थीको संख्या ६२ हजार ५ सय तय गरेका छन् । यसअगाडि चालु आर्थिक बर्षका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेकै १५ हजारमा शरणार्थी सिमित गर्ने घोषणा गरेपछि आलोचना खेपेका बाइडेनले संख्या बढाएर ६२ हजार ५ सय कायम गरेका हुन् ।

बाइडेनले आगामी आर्थिक बर्षका लागि भने १ लाख २५ हजारसम्म शरणार्थीहरु स्वीकार गर्ने घोषणा गरेका छन् । चालु आर्थिक बर्षमा अहिलेसम्म अमेरिकाले झण्डै २ हजार शरणार्थीहरुलाई मात्र स्वीकार गरेको छ । यो अवस्थामा आगामी सेप्टेम्बर ३० भित्र अमेरिकामा ६२ हजार ५ सय शरणार्थीहरु आउने सम्भावना भने निकै कम रहेको छ ।

यसका लागि बाइडेनले ट्रम्प प्रशासनलाई दोष दिएका छन् । ट्रम्प प्रशासनले बजेट र कर्मचारी कटौती गरेकाले अबको ५ महिनामा अमेरिकामा आउने शरणार्थीको संख्या ६२ हजार ५ सय पुग्ने सम्भावना नरहेको बाइडेनले स्वीकार गरेका छन् । विगत ४ बर्षमा भएको क्षतिलाई पहिलेको अवस्थामा लैजान आफूहरुले काम गरिरहेको र केहीसमय लागेपनि काम सुरु भइसकेको बाइडेनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबारको बाइडेनको घोषणाले विगतमा ट्रम्पले तोकेको १५ हजारको सिमाबन्दीलाई खारेज गरिदिएको छ । पूर्व प्रशासनले तय गरेको ऐतिहासिक रुपमा कम नम्बर १५ हजारले शरणार्थीहरुलाई स्वागत र सहयोग गर्ने मुलुकका रुपमा अमेरिकाको मूल्य मान्यतालाई प्रतिबिम्बित नगर्ने बाइडेनले बताएका छन् ।

चुनावी अभियानका बेलामा बाइडेनले कार्यभार सम्हालेको पहिलो पूर्ण आर्थिक बर्षमा १ लाख २५ हजारसम्म शरणार्थीहरु स्वीकार गर्ने प्रतिबद्धता जनाएका थिए । बाइडेनले कार्यभार सम्हालेपछिको पहिलो पूर्ण आर्थिक बर्ष आगामी अक्टोबर १ बाट सुरु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com