क्यालिफोर्नियाको सान डिएगोमा मानवतस्करीमा संलग्न डुंगा टुक्राटुक्रा हुँदा ४ को मृत्यु, २५ घाइते


प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार

क्यालिफोर्नियाको सान डिएगोमा कागजपत्रविहिनहरुलाई ओसार्न प्रयोग भएको मानवतस्करीमा संलग्न डुंगा टुक्राटुक्रा हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् । डाउनटाउन सान डिएगोबाट पश्चिममा रहेको पोइन्ट लोमा नजिक ४० फुटको क्याबिन क्रुजर डुंगा दुर्घटना भएको हो ।

डुंगा चालकलाई हिराशतमा लिइएको छ । डुंगामा रहेका कसैको पनि पहिचान नखुलेको जनाइएको छ । डुंगा कुनठाउँबाट आएको हो भन्नेबारे स्पष्ट छैन भने डुंगामा चढेकाहरु कुन देशका हुन् भन्नेपनि खुलेको छैन । डुंगा दुर्घटनापछि केहीले लाइफ ज्याकेट लगाएको र हात हल्लाउँदै गुहार मागेको देखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लाइफ गार्डहरुले ७ जनालाई पानीबाट बाहिर निकालेका थिए भने एकजनालाई चेपबाट उद्धार गरेका थिए । उनीहरुमध्ये ४ जनालाई मृत घोषणा गरिएको थियो । केहीलाई हाइपोथर्मिया भएको थियो भने केही डुंगाको टुक्राबाट समेत घाइते भएका थिए ।

केही व्यक्ति भने सामान्य घाइते भएको र हिडेरै एम्बुलेन्ससम्म पुगेको जनाइएको छ । उद्दारका लागि कम्तीमा ९२ जना कर्मचारीहरु परिचालन गरिएको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com