कोरोना महामारीका बाबजुत २०२० मा ४८०६ नेपालीलाई अमेरिकी नागरिकता, ६७१८ लाई ग्रिनकार्ड


प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका छन् ।

आर्थिक बर्ष सन् २०२० को पहिलो तीनमहिनामा १६ सय ४४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरेका थिए भने दोश्रो तीनमहिनामा १३ सय ५४ जना नेपालीहरुले अमेरिकी नागरिकता प्राप्त गरे । तेश्रो तीनमहिनामा ६४६ जना नेपालीहरुले अमेरिकी नागरिकता पाउन सफल भए भने चौथो तीनमहिनामा ११ सय ६२ जना नेपालीहरुले अमेरिकी नागरिकता पाए ।

आर्थिक बर्ष सन् २०२० मा अमेरिकी ग्रिनकार्ड पाउने नेपालीहरु ६ हजार ७ सय १८ जना रहेका छन् । जसमध्ये अमेरिकामा आएर स्टाटस एड्जस्ट गर्नेहरु ३ हजार २ सय ४७ जना र ग्रिनकार्ड पाउने गरी आप्रवासी भिसामा अमेरिका आउनेहरु ३ हजार ४ सय ७१ जना रहेका छन् ।

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपाली  झण्डै ५५  हजार

अहिलेसम्म  अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ५५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए ।

सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए ।

आर्थिक बर्ष २०२० मा ४८०६ जना नेपालीहरुले नागरिकता पाएकोमा त्यसयताका ६ महिनामा झण्डै २ हजार नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेको अनुपात अनुमान गर्न सकिन्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com