अमेरिकी विदेशमन्त्रालयको ट्राभल एड्भाइजरी: नेपालमा यात्रा गर्दा पुनर्विचार गर्न सुझाव


प्रकाशित मिति : बैशाख १२, २०७८ आईतबार

अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गरेकोमा नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको छ । विश्वब्यापी रुपमा कोरोना महामारी फैलिरहेको अवस्थामा अमेरिकी विदेशमन्त्रालयले अधिकांश मुलुकका लागि चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गरेपनि नेपालका लागि तेश्रो स्तरको एड्भाइजरी जारी गरेको छ ।

नयाँ अपडेटमा यात्रा नगर्न भनिएका बाहेकका अन्य मुलुकमा अमेरिकी नागरिकलाई यात्रा गर्दा पुनर्विचार गर्न समेत भनिएको छ । ती देशहरुको वर्तमान स्वास्थ्य अवस्थाको मूल्यांकनका आधारमा सीडीसीको प्रकोप मूल्यांकनका आधारमा ट्राभल एड्भाइजरी जारी गरिएको हो ।

सीडीसीले जोखिमलाई ४ भागमा विभाजन गरेकोमा ८० प्रतिशत मुलुकमा उच्च जोखिम रहेको निष्कर्ष निकालेको हो । कोरोना महामारीको न्यून जोखिम रहेका देशलाई पहिलो श्रेणी, ठिक्कको जोखिम रहेका देशलाई दोश्रो श्रेणी, उच्च जोखिम रहेका देशलाई तेश्रो श्रेणी र अतिउच्च जोखिम रहेका देशलाई चौथो श्रेणीमा राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाललाई सीडीसीले ठिक्कको जोखिम भएको दोश्रो श्रेणीमा राखेको छ भने भारतलाई अति उच्च जोखिम रहेको चौथो श्रेणीमा राखेको छ । सीडीसीको मूल्यांकन अनुशार अमेरिकाले भारतमा यात्रा नगर्नका लागि ट्राभल एड्भाइजरी जारी गरिसकेको छ भने नेपालमा पुनर्विचारका लागि सुझाव दिएको छ । चीनलाई भने अमेरिकन सीडीसीले जोखिम कम भएको पहिलो श्रेणीमा राखेको छ ।

अफागानिस्तान लगायत ३५ वटा देशको महामारीको अवस्था अज्ञात रहेको भन्दै ती देशहरुमा अत्यावश्यकबाहेकका यात्रा नगर्न सीडीसीले सुझाव दिएको छ । ठीक्कको जोखिम भएको देशमा नेपालसहित सिंगापुर, जापान लगायत २१ वटा देशहरु रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com