देशनिकालाको आदेश नमान्ने कागजपत्रविहिनलाई अब आइसले जरिवाना नगर्ने


प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार

देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिका नछाडेका कागजपत्रविहिनलाई अब इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले जरिवाना जारी नगर्ने भएको छ । अमेरिका नछाडेका कागजपत्रविहिनलाई हजारौं डलर जरिवाना गर्ने ट्रम्पकालिन नीतिलाई उल्टाउँदै आइसले जरिवाना जारी नगर्ने घोषणा गरेको हो ।

आइसले कागजपत्रविहिनलाई जरिवाना सम्बन्धि ट्रम्पकालिन दुईवटा नीतिहरु त्यागेको हो । आइसले पहिले नै जरिवाना जारी गरेका कागजपत्रविहिनको उक्त जरिवाना समेत खारेज गर्ने जनाएको छ । ट्रम्पकालिन अध्यागमनबारेका कडा नीतिहरु उल्टाउने क्रममा आइसले यो कदम चालेको हो ।

आइसले गत जनवरी २० देखि नै जरिवाना जारी गर्न छाडेपनि शुक्रबार यो नीतिलाई औपचारिकता दिइएको हो । आइसले ट्रम्पको राष्ट्रपतिकालमा सन् २०१८ को डिसेम्बरदेखि कैयन कागजपत्रविहिनलाई जरिवानाको आशय सहितको सुचना पठाउन सुरु गरेको थियो । ट्रम्पले अमेरिका नछाडेका कागपत्रविहिन र अमेरिकामा कागजपत्रविहिनलाई बस्नका लागि सहजिकरण गर्नेहरुबाट जरिवाना अशुल गर्नका लागि कार्यकारी आदेश जारी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२० बर्षभन्दा लामो समयदेखि अमेरिका नछाडेका कागजपत्रविहिनबाट आइसले जरिवाना अशुल गर्नसक्ने नीति विद्यमान रहेपनि यो नीति सन् २०१८ भन्दा अगाडि भने कार्यान्वयनमा ल्याइएको थिएन । त्यसपछि जरिवाना कार्यान्वयनमा ल्याउन खोजिएपनि आइस सफल हुन सकेको थिएन । आइसले जारी गरेको जरिवानामध्ये १ प्रतिशतमात्र संकलन गर्न सफल भएको थियो ।

त्यस्तै अध्यागमन न्यायाधिसको देशनिकालाको आदेशको पालना नगर्ने कागजपत्रविहिनलाई प्रतिदिन ७ सय ९९ डलरसम्म जरिवाना गर्ने व्यवस्था रहेको थियो । त्यस्तै देशनिकालाको आदेश पाइसकेपछि आफै अमेरिका छाड्नुपर्नेहरुले नछाडेको खण्डमा ३ हजार डलर जरिवानाको व्यवस्था रहेको थियो ।

ओहायाको कोलम्बसमा एउटा चर्चमा शरण लिएर बसेकी  एकजना कागजपत्रविहिनलाई आइसले ४ लाख ९७ हजार ७ सय ७७ डलर जरिवानासहितको पत्र पठाएको थियो । मेक्सिकोबाट १६ बर्षको उमेरमा आफ्ना पितासँग अमेरिका आएकी ४२ बर्षीया एडिथ स्पीनल मोरेनोलाई आइसले देशनिकालाको आदेश नमानेको भन्दै जरिवाना तोकेको थियो ।

सन् २०१६ को अक्टोबर २८ मा उनलाई अमेरिकी अध्यामगन अदालतले देशनिकालाको आदेश दिएको थियो । सन् २०१७ को सेप्टेम्बर २५ मा उनले आइससमक्ष आफ्नो फर्कने टिकट पेश गर्नुपर्ने र अक्टोबर १० मा अमेरिका छाड्नुपर्ने सहमति भएको थियो ।

तर उनी आइसले तोकेको समयमा अमेरिका नछाडी ओहायोमा रहेको एउटा चर्चमा शरण लिन पुगिन् । सन् २०१८ को फरबरी २३ मा उनले आइसले लगाइदिएको जीपीएस तोडेर फ्याकेकी थिइन् । त्यसपछि मार्च २० मा आइसले उनलाई यसबारे रिपोर्ट गर्न निर्देशन दिएपनि उक्त निर्देशन पालना गरेकी थिइनन् ।

देशनिकालाको आदेशपछि पनि जानाजान अमेरिका नछाडेको भन्दै उनलाई त्यती ठूलो रकम जरिवाना तोकिएको थियो ।  उनका तीनजना छोराछोरीहरु रहेका छन्, जसमध्ये दुईजना अमेरिकाका नागरिक हुन् । उनले आफ्नो पूरै जीवन अमेरिकामा बिताएको र मेक्सिको फिर्ता जान नसक्ने बताएकी थिइन् ।

पछि आइसले उनीसहित अमेरिकाका विभिन्न स्थानमा चर्चमा शरण लिएका अरु ६ जना कागजपत्रविहिन महिलाहरुलाई तोकिएको जरिवाना खारेज गरिदिएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com