दुईदलका सिनेटरबाट एसाइलम छिटो टुंगो लगाउने लगायतको अध्यागमन बिल सार्वजनिक


प्रकाशित मिति : बैशाख ९, २०७८ बिहीबार

सिमाक्षेत्रका राज्यको प्रतिनिधित्व गर्ने रिपब्लिकन र डेमोक्रेटिक सिनेटरले दक्षिणी सिमाबाट भइरहेको उच्च आप्रवासनलाई सम्बोधन गर्ने अध्यागमन बिल सार्वजनिक गरेका छन् । टेक्सासका रिपब्लिकन सिनेटर जोन कार्नन र एरिजोनाका डेमोक्रेटिक सिनेटर क्रिस्टेन सिनेमाले उक्त बिल सार्वजनिक गरेका हुन् ।

यो बिलले आप्रवासीहरुको उच्च संख्याको व्यवस्थापन गर्ने बन्दोबस्त गर्नेछ भने एसाइलमका दावीहरुलाई छिटो टुंगो लगाउनेछ । सिमाक्षेत्रबाट प्रवेश गर्ने आप्रवासीहरुलाई मानवीय व्यवहारको सुनिश्चित गर्नुका साथै बिलले बालबालिकाहरुको समेत संरक्षण गर्नेछ । आप्रवासनको उच्च प्रवाहलाई सम्बोधन गर्न ४ वटा क्षेत्रीय प्रोसेसिङ केन्द्रहरुको व्यवस्था गर्ने समेत बिलमा उल्लेख छ ।

यी दुईजना सिनेटरहरुले गत मार्चमा पनि राष्ट्रपति बाइडेनलाई पत्र लेखेर सिमा सुरक्षा र एसाइलमको प्रकृयालाई सम्बोधन गर्न आग्रह गरेका थिए । यी सिनेटरहरु बुधबार र मार्चमा इमिग्रेशनबारेको बिलबारे छलफल गर्न भेटघाट गरेका दुईदलीय समुहका समेत सदस्य हुन् । सिनेटर जोन कार्ननले यो बिल अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने एउटा सुरुवाती बिन्दु भएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटर जोन कार्नन र सिनेटर क्रिस्टेन सिनेमाले आफूहरु छुट्टै वा सिमाको प्याकेजका रुपमा बिल पारित गर्नका लागि आफूहरु मार्गप्रसस्त गर्न तयार रहेको बताएका छन् । बृहत अध्यागमन सुधार बिल पारित गर्न मुस्किल भएकाले अहिले यो बिलबाट पहिलो कदम लिनुपर्ने सिनेटर कार्ननको भनाई छ ।

यसअगाडि हाउसबाट टीपीएस र डाकामा रहेकाहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल पारित भएको थियो । त्यस्तै अर्को बिल कृषि कामदारका सन्दर्भमा रहेको थियो । तर यी बिलहरु पचास पचासमा विभाजित सिनेटबाट पारित नहुने सम्भावनाबीच अड्केका छन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com