जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेता भिसा पाउन योग्य: नेपाल, इजिप्ट र इरानलाईमात्र सिमाबन्दी


प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार

ट्रम्पको आप्रवासन रोक अन्त्य भएर २०२१ का डिभी विजेताहरुलाई भिसा दिन सुरु भइसकेको अवस्थामा आगामी जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन् । मे महिनामा ५१ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीहरु भिसाका लागि योग्य हुनेछन् ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी भिसा बुलेटिन अनुशार जुन महिनाका लागि डिभी विजेता नेपालीहरुको कटअफ केस नम्बर उल्लेख गरिएको हो । अहिले ४५ सय सम्म केस नम्बर हुने डिभी विजेताहरुले भिसा पाइरहेका छन् ।

तर कोरोना महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको भिसा जारी गर्ने क्षमता प्रभावित भएका कारण सुरुतिर केस नम्बर हुनेहरुले छिटो भिसा पाइरहेका छन् । अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसाको प्रकृया अत्यन्तै सुस्त गतिमा अगाडि बढाएको सेवाग्राहीहरुको गुनासो रहेको छ ।

भिसा बुलेटिन अनुशार जुन महिनाका लागि कटअफ नम्बर

मे महिनाका लागि सबै क्षेत्रका लागि सिमाबन्दी लगाइएको थियो भने जुन महिनाका लागि इजिप्ट, इरान र नेपालका डिभी विजेताहरुलाईमात्र सिमाबन्दी लगाइएको छ । अरुका लागि कटअफ नम्बर तोकिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत सेप्टेम्बरमा अदालतको आदेशपछि झण्डै ३ साताको अवधिमा झण्डै ४ सय जनालाई भिसा जारी गर्न अमेरिकी दूतावास काठमाडौं सक्षम भएको थियो । मासिक ४ सयको हाराहारीमा डिभी विजेताहरुलाई भिसा जारी गर्न सकेको खण्डमा सेप्टेम्बरसम्म ३५ सयसम्मलाई भिसा जारी गर्न सकिनेछ ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या भने ३८०१ रहेको छ ।  उनीहरुले गत अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको हो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ ।

अमेरिकी दूतावास काठमाडौं

अदालतको आदेशपछि डाइभर्सिटी भिसा प्राप्त गर्न सफल नेपालीहरुपनि अमेरिका आइसकेका छन् ।  कुल ४०४ मध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

सन् २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए ।

आर्थिक बर्ष २०२२ का गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा भने सन् २०२१ को मे ८ मा सार्वजनिक हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com