सीबीपी र आइसले आप्रवासीलाई ‘एलियन’ वा ‘इलिगल एलियन’ भन्न रोक्ने


प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले अब आप्रवासीलाई ‘एलियन’ वा ‘इलिगल एलियन’ भन्न रोक्ने भएको छ । बाइडेन प्रशासनले अमेरिकाको अध्यागमन कार्यान्वयन एजेन्सीहरुलाई आप्रवासीहरुका सन्दर्भमा ‘एलियन’ वा ‘इलिगल एलियन’ लगायतका शब्दहरु प्रयोग नगर्न आदेश दिएको हो । ट्रम्प प्रशासन अन्तरगत यस्ता शब्दहरु व्यापक रुपमा प्रयोग हुँदै आएका थिए ।

सोमबार आइस र सीबीपीका प्रमुखहरुलाई पठाइएको मेमुनोमा यस्तो आदेश दिइएको हो । यी एजेन्सीहरु अमेरिकामा संघीय अध्यागमन कानूनको कार्यान्वयन गर्ने मुख्य निकायहरु हुन् । ट्रम्पकालिन कडा नीतिहरुलाई उल्टाएर अध्यागमन प्रणालीलाई मानवीय बनाउने बाइडेन प्रशासनको प्रयासकै क्रममा यो कदम आएको हो ।

परिवर्तन अनुशार ‘एलियन’को साटो ‘नन सिटिजन’ वा ‘माइग्रेन्ट’ शब्द प्रयोग गरिने भएको छ । ‘इलिगल’ शब्दको साटो ‘अनडकुमेन्टेड’ शब्द प्रयोग गरिने भएको छ । आइसका कार्यकारी निर्देशक टाइ जोन्सनले समावेशी शब्दको प्रयोग गरिने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेनले आफ्नो कार्यकालको पहिलो दिनमा नै संघीय अध्यागमन कानूनबाट ‘एलियन’ शब्द हटाउने प्रस्तावित बिल संसदमा पठाएका थिए । ‘एलियन’ शब्दलाई ननसिटिजनले विस्थापित गर्दा अमेरिकालाई आप्रवासीको मुलुकका रुपमा चिनाउने ह्वाइट हाउसको भनाई छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com