युएससीआईएसले ग्रिनकार्ड लगायतका आवेदनबारे निर्णय गर्दा अटोमेटिक प्रारम्भिक प्रकृया अपनाउने


प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार

अब युएससीआईएसले ग्रिनकार्ड लगायतका आवेदनको प्रारम्भिक प्रकृया अटोमेटिक बनाउने र त्यसले आवेदनको प्रारम्भिक प्रकृया छरितो बनाउन सहयोग गर्ने युएससीआईएसका प्रमुख प्रविधि अधिकारी रोब ब्राउनले बताएका छन् । युएससीआईएसमा आवेदनको चर्को ब्याकलग रहेको बेलामा पहिलो चरणमा अटोमेटिक तरिकाले आवेदन अगाडि बढाउने तयारी गरिएको हो ।

प्राकृतिक भाषा प्रकृया नामको यो प्रविधि अपनाउँदा अधिकारीलाई आवेदनबारे निर्णय गर्न सहज हुनेछ भने कुनै आवेदनमा सम्भावित जालसाजी भएको खण्डमा कम्प्युटर प्रणालीले पहिचान गर्नेछ । प्रविधिले आवेदकको भौगोलिक र बायोमेट्रिक तथ्यांकलाई समायोजन गरेर ग्रिनकार्ड लगायतका आवेदनका सन्दर्भमा कागजातहरुलाई अलग अलग गराउनेछ ।

यसरी प्रणालीले कागजातहरु अलग अलग गराएपछि अधिकारीले जुन कागजात वा प्रमाण हेर्न चाहेको हो त्यही कागजातको मूल्यांकन गर्न सक्नेछन् । सबै कागजातहरु एकएक गरेर हेर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । कुनै एउटा कागजात खोज्दा सबै कागजातहरुको ठेली पल्टाएर हेर्नुपर्ने अवस्थाको अन्त्य हुने र अधिकारीहरुलाई निर्णय गर्न सहज तथा छरितो हुने विश्वास गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कागजातहरु सक्कली भए नभएको जाँच्न पनि कम्प्युटर प्रणालीको प्रयोग गरिनेछ । त्यसो हुँदा अधिकारीले आफूले चाहेको कागजातमा क्लीक गरेर उक्त कागजातको थप परीक्षण गर्न सक्नेछन् । युएससीआईएसलाई आधुनिकीकरण गर्दै जाने क्रममा २०२५ भन्दा अगाडि थुप्रै परिवर्तनहरुको तयारी भइरहेको ब्राउनले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com