सिमा कडाई गर्न मेक्सिको, होण्डुरस र ग्वाटेमालासँग बाइडेन प्रशासनको सहमति


प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार

बाइडेन प्रशासनले मेक्सिको, होण्डुरस र ग्वाटेमालासँग उनीहरुको सिमाक्षेत्रमा कडाई गर्न र आप्रवासनलाई व्यवस्थीत गर्न सहमति कायम गरेको छ । मेक्सिको, होण्डुरस र ग्वाटेमालाले अमेरिकासँगको सहमतिमा उनीहरुको सिमा सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न सहमत भएका छन् ।

उनीहरुले मानव तस्करी र लागुऔषधको तस्करी नियन्त्रणका लागिमात्र नभई तस्करहरुले बालबालिकाहरुको दुरुपयोग गरेकाले बालबालिकाहरुको संरक्षणका लागि समेत यो कदम चालेको राष्ट्रपति बाइडेनको अध्यागमन नीतिका विशेष सहयोगी टेलर मोरनले जनाएका छन् । मेक्सिको सिमाक्षेत्रबाट अमेरिका आउने आप्रवासीहरुको प्रवाह नियन्त्रणका लागि बाइडेन प्रशासनले संघर्ष गरिरहेको बेलामा यो सहमति भएको हो ।

सिमाक्षेत्रबाट कागजपत्रविहिन बालबालिकाहरु विना अभिभावक अमेरिका प्रवेश गर्ने क्रम तीब्र बन्दा बाइडेन प्रशासनलाई मुस्किल परिरहेको छ । उनीहरुलाई सुरक्षित तरिकाले अमेरिकामा प्रकृयामा लैजानका लागि चुनौतिपूर्ण अवस्था श्रृजना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनले आप्रवासनको कारण खोजेर त्यसको समाधानको प्रयास गरिरहेको जनाएको छ । सिमानाको समस्यामात्र समाधान गरेर नभई आप्रवासीहरु सिमानामा आउनुको कारण सम्बोधन गर्नुपर्ने मोरनको भनाई छ । राष्ट्रपति बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसको नेतृत्वमा सिमाक्षेत्रको आप्रवासन लगायतका विषय सम्बोधन गर्न जिम्मा दिएका छन् ।

सीबीपीले मार्चमा मात्र अमेरिका र मेक्सिको सिमाक्षेत्रमा सिमापार गर्न खोज्ने १ लाख ७२ हजार भन्दा धेरै कागजपत्रविहिनलाई नियन्त्रणमा लिएको थियो । जुन अघिल्लो महिनाको तुलनामा ७२ प्रतिशतले बढी हो । मार्चमा सीबीपीले अभिभावकविनाका १८ हजार ८ सय ९० कागजपत्रविहिन बालबालिकाहरुलाई सिमापार गर्न खोज्दा नियन्त्रणमा लिएको थियो जुन अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बर हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com