अमेरिकी भिसाबारे विदेश मन्त्रालयको नयाँ अपडेट, ब्याकलग घटाउन काम गरिरहेको जानकारी


प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा सेवाबारे नयाँ अपडेट सार्वजनिक गरेको छ । कोरोनाको महामारीका कारण नियमित भिसा सेवा सुचारु हुन नसकेको अवस्थामा आप्रवासी र गैर आप्रवासी भिसामा ब्याकलग बढेको जानकारी दिदै ब्याकलग घटाउन काम गरिरहेको जानकारी दिइएको छ ।

त्यस्तै विदेशमा रहेका अमेरिकी नागरिकका लागि प्रदान गरिने सेवालाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । त्यस्तै दूतावास र कन्सुलेटको क्षमता अनुशार मंगेतर भिसा, दम्पत्ति र छोराछोरीहरुको भिसा, परिवारमा आधारित अन्य भिसालाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारिएको छ ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश ९६४५ र ९९८३ अनुशार पहिले अस्वीकृत भएका कामदार भिसालाई पनि दूतावास र कन्सुलेटहरुले प्राथमिकतामा राखेको अपडेटमा जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयले विश्वब्यापी भिसा सेवाको सन्दर्भमा पारदर्शी रहेको र नियमित अपडेटहरु गराइरहने विदेश मन्त्रालयले जनाएको छ ।

आप्रवासी भिसा प्रकृयामा रहेको ब्याकलगबारेका विवरण भविश्यमा सार्वजनिक रुपमा नै उपलब्ध गराइने भएको छ । गैरआप्रवासी भिसाहरु प्रकृयामा लगिरहेका दूतावास र कन्सुलेटहरुले जरुरी आवश्यकताभएका यात्रुहरु, विदेशी कूटनीतिज्ञहरु र महामारीबिरुद्ध काम गर्न अमेरिकामा आउने बर्गकाहरुलाई भिसा प्राथमिकतामा राखिएको जनाइएको छ ।

त्यसपछि विद्यार्थी, एक्सचेन्ज भिजिटर र अस्थायी कामदार भिसालाई पनि प्राथमिकता दिइएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको भनाई छ । वर्तमान ताजा अवस्थाबारे जानकारीका लागि नजिकको दूतावास वा कन्सुलेटको वेवसाइट हेर्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com