अमेरिकी नागरिकता पाउनेलाई स्वागत गर्न बाइडेनले बनाए भिडियो, सपथग्रहणमा बजाइने


प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार

अमेरिकी नागरिकता लिने क्रममा सपथ ग्रहण समारोहमा राष्ट्रपतिले नयाँ अमेरिकनहरुलाई स्वागत गरेको भिडियो बजाउने चलन छ । राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको साढे २ महिनापछि उक्त भिडियो रेकर्ड गरेका छन् । अब उक्त भिडियो नागरिकता वितरण समारोहमा बजाइनेछ ।

‘अमेरिका तपाईको आकांक्षाका लागि योग्य भएको विश्वास गनुभएकोमा र हामीलाई छनौट गर्नुभएकोमा धन्यवाद ।’- बाइडेनले उक्त भिडियोमा भनेका छन् ।

बाइडेनले भनेका छन् -‘तपाईहरु सबैको एउटै साझा कुरा साहस हो । त्याग गरेर यो यात्रा तय गर्नका लागि साहस चाहिन्छ । आफ्नो घर, जीवन र माया गर्नेहरुलाई छाडेर एउटा त्यस्तो देशमा आउने साहस जुन ठाउँमात्र होइन, बरु एउटा विचार हो । बाइडेनले भनेका छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘आज तपाईले त्यही पद पाउनुभएको छ जुन अमेरिकी राष्ट्रपतिको बराबर छ, अमेरिकाको नागरिक भन्ने यो पदका लागि म गर्व गर्दछु । स्वागत छ मेरा मित्रहरु । मेरा अमेरिकन मित्रहरु । स्वागत छ ।’ –  बाइडेनले भिडियोमा भनेका छन् ।

नागरिकता वितरण समारोहहरुमा राष्ट्रपतिले स्वागत गरेको भिडियो बजाउने प्रचलन भएपनि कोरोनाको महामारीका कारण अहिले त्यस्ता भिडियोसहितका समारोहहरु भने खासै हुन पाएका छैनन् । पूर्व राष्ट्रपति ट्रम्पले पनि नयाँ अमेरिकी नागरिकलाई स्वागत गर्ने भिडियो बनाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com