चाइल्ड ट्याक्स क्रेडिटबापतको ३६ सय डलर कहिले र कसरी आउँछ ?
यदि तपाईहरुका बच्चाहरु छन् भने तपाईले १४ सय डलरको राहत चेकका अतिरिक्त पनि रकम प्राप्त गर्नुहुनेछ । तर सन् २०२१ को चाइल्ड ट्याक्स क्रेडिट अलिकति अलमलपूर्ण रहेको छ । आईआरएससँग पनि धेरै प्रश्नहरुको जवाफ छैन ।
१ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज अनुशार चाइल्ड ट्याक्स क्रेडिटका लागि योग्य हुनेहरुले आगामी समरदेखि परिवारको आम्दानीमा बृद्धि भएको देख्नेछन् । प्रत्येक बच्चाको २ हजार डलरको साटो अधिकतम ३६ सय डलरसम्म प्राप्त हुनेछ । तर तपाईको बच्चा जति बढी उमेरको छ वा तपाईले जति धेरै आम्दानी गर्नुहुन्छ तपाईले प्राप्त गर्ने रकम पनि कम हुनेछ ।
तपाईको बच्चा २४ बर्षभन्दा कम उमेरकोे डिपेन्डेन्टका रुपमा रहेको छ भने पनि कलेज उमेरका डिपेन्डेन्टका लागि समेत यसबापात केही रकम प्राप्त हुनसक्नेछ । चाइल्ड ट्याक्स क्रेडिट वापतको रकम तपाईलाई कसरी दिइनेछ ? तपाईको चाइल्ड ट्याक्स क्रेडिटको चेक मासिक रुपमा आउने छ वा कसरी आउनेछ? नयाँ चाइल्ड ट्याक्स क्रेडिट स्थायी हुनेछ ? लगायतका कैयन प्रश्नहरु भने अझै अनुत्तरित छन् । आईआरएसले विस्तृत गाइडलाइन प्रकाशित गरेको छैन ।
आईआरएस अहिले राहत चेक बाड्नमा र ट्याक्स रिटर्न प्रकृयामा लैजानका लागि व्यस्त रहेको छ । चाइल्ड ट्याक्स क्रेडिटका बारेमा आईआरएसले मे १७ को ट्याक्स फाइल गर्ने डेडलाइनपछिमात्र समाधान गर्ने देखिएको छ । तर यसरी प्राप्त हुने चाइल्ड ट्याक्स क्रेडिट सन् २०२१ र २०२२ का बीच बाडिने जनाइएको छ । तपाईले चाइल्ड ट्याक्स क्रेडिट वापतको रकम बर्षमा एकैपटक प्राप्त गर्नुहुनेछैन । राहत प्याकेजमा समावेश गरिएको चाइल्ड ट्याक्स क्रेडिट सन् २०२१ का लागि हो ।

चाइल्ड ट्याक्स क्रेडिटबापट प्राप्त हुने क्रेडिट तपाईले आईआरएसलाई तिर्नुपर्ने ट्याक्समा घटाइनेछ । योग्य डिपेण्डेटहरुका सन्दर्भमा मात्र यस्तो क्रेडिट घटाउन पाइनेछ । यसले या त तपाईले सन् २०२२ मा फाइल गर्ने सन् २०२१ को ट्याक्स फाइल गर्दा तिनुपर्ने रकममा कमी हुनेछ या त ट्याक्स रिफण्ड बढ्नेछ । सामान्यतया तपाईले उक्त क्रेडिट ट्याक्स रिफण्डका रुपमा सन् २०२२ मा प्राप्त गर्नुहुनेछ ।
यद्यपी सरकारले तपाईको रकम छिटो प्रदान गर्ने योजना बनाएको छ । यसैबर्षको समरदेखि प्राप्त हुने चाइल्ड ट्याक्स क्रेडिटबापतको रकम अग्रिम पेमेन्टका रुपमा आउनेछ । पहिलो भागका रुपमा तपाईले सन् २०२२ मा फाइल गरिने ट्याक्सको चाइल्ड ट्याक्स क्रेडिट वापतको सन् २०२१ को रकम यसैबर्ष तत्काल प्रयोग गर्न सक्नुहुनेछ । दोश्रो भागका रुपमा तपाईले आगामी बर्ष अर्थात् सन् २०२२ मा सन् २०२१ मा ट्याक्स फाइल गर्दा लागु हुनेछ ।
चाइल्ड ट्याक्स क्रेडिट प्राप्त गर्ने रकम तपाईले आधामात्र प्राप्त गर्नुहुनेछ । बाँकी आधा रकम तपाईले सन् २०२२ मा सन् २०२१ को ट्याक्स फाइल गर्दा प्राप्त गर्नुहुनेछ । यदि रकम दिइएको खण्डमा यो रकम हरेक ५ बर्ष मुनीका बच्चाका लागि मासिक ३ सय डलरका दरले प्रदान गरिनेछ । त्यस्तै ६ देखि १७ बर्षसम्मको योग्य बच्चाका लागि मासिक २५० डलर प्रदान गरिनेछ । बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक ५ बर्ष मुनीका बच्चाका लागि मासिक ३ सय डलर तथा ६ देखि १७ बर्षसम्मको योग्य बच्चाका लागि मासिक २५० डलर प्राप्त हुनेछैन ।
बार्षिक ७५ हजारभन्दा बढी कमाउने एकल, बार्षिक १ लाख १२ हजारभन्दा धेरै कमाउने घरमुली र बार्षिक १ लाख ५० हजार भन्दा धेरै कमाउने दम्पत्तिका सन्दर्भमा रकम कम हुँदै जानेछ ।
यदि तपाई चाइल्ड ट्याक्स क्रेडिटको ३ हजार डलरका लागि योग्य भएमा तपाईले आगामी जुलाईदेखि डिसेम्बरसम्म मासिक २५० डलर पाउनुहुनेछ । जुन रकम जम्मा १५ सय हुनेछ । बाँकी रकम सन् २०२२ मा ट्याक्स फाइल गर्दा दावी गर्नुपर्नेछ । तपाईले ट्याक्स तिर्नुपर्ने भएमा उक्त रकम त्यसैमा घटाइनेछ ट्याक्स तिर्नु नपर्ने भएमा रिफण्डका रुपमा प्राप्त हुनेछ ।
कहिलेदेखि साप्ताहिक ३ सय वा २५० प्राप्त हुने भन्नेबारे डेडलाइन तय भएको छैन । तर रकम जुलाईबाट आउने अपेक्षा गरिएको छ । यो रकम राहत चेककै शैलीमा प्राप्त हुनेछ । आईआरएसँग बैंक एकाउन्ट हुनेहरुका लागि डाइरेक्ट डिपोजिट र नहुनेहरुका सन्दर्भमा हुलाकमार्फत चेक प्राप्त हुनेछ ।





