अमेरिकी सिमाबाट छिर्न खोज्ने कागजपत्रविहिन मार्चमा १५ वर्षमै धेरै


प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार

अमेरिकी सिमाबाट छिर्न खोज्ने कागजपत्रविहिन मार्चमा १५ वर्षमै धेरै पुगेका छन् । मार्च महिनामा अमेरिका छिर्न खोज्ने १ लाख ७१ हजार भन्दा बढी कागजपत्रविहिनलाई नियन्त्रणमा लिएको सीबीपीको तथ्यांकले देखाएको छ । मासिक तथ्यांक हेर्दा यो सन् २००६ यताकै सबै भन्दा उच्च हो ।

जनवरीमा ७८ हजार कागजपत्रविहिनहरु सिमाक्षेत्रमा पक्राउ परेकोमा त्यसमा अहिले नाटकीय बढोत्तरी भएको हो । सिमाक्षेत्रबाट छिर्न खोज्ने कागजपत्रविहिनमा टीएनएजरहरु र बालबालिकाहरु अभिभावक विना नै अभूतपूर्व तरिकाले बढेपछि बाइडेन प्रशासनका सामु चुनौति खडा भएको छ । बाइडेन प्रशासनले सिमाक्षेत्रबाट प्रवेश गर्ने कागजपत्रविहिनलाई प्रारम्भिक प्रकृयासम्मका लागि आपतकालिन आवासका लागि काम गरिरहेको बेलामा सिमाक्षेत्रमा पक्राउ पर्नेहरु बढेका हुन् ।

गत महिना सीबीपीले १८ हजार ८ सय अभिभावकविनाका बालबालिकाहरुलाई नियन्त्रणमा लिएको थियो । यो संख्या फरबरीको तुलनामा ९९ प्रतिशतले बढेको हो । त्यस्तै गतबर्षको मार्चको तुलनामा पनि यो संख्या अत्याधिक हो । गतबर्षको मार्चमा ११ हजार ८ सय ६१ जना अभिभावकविनाका बालबालिकाहरुलाई सीबीपीले नियन्त्रणमा लिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिवारका सदस्यको समुहका रुपमा सिमाक्षेत्रमा आइपुग्नेहरुको संख्या पनि मार्चमा ५३ हजार भन्दा बढी नाघेको भएको छ । फेबु्रअरीमा यो संख्या १९ हजार २ सय ४६ र जनवरीमा ७ हजार २ सय ९४ रहेको थियो । राष्ट्रपति बाइडेनले सिमाक्षेत्रमा कागजपत्रविहिनको बढोत्तरीलाई मौषमी ऐतिहासिक संरचनाका रुपमा व्याख्या गरेका छन् । यस्तो ट्रेण्ड ट्रम्प प्रशासनको बेलामा पनि रहेको बाइडेनको भनाई छ ।

पछिल्ला केही दिनमा सिमाक्षेत्रका अधिकारीहरुलाई अभिभावक विना नै अमेरिका प्रवेश गर्ने कागजपत्रविहिन टीनएजर र बालबालिकाको व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ । कैयनलाई कानूनी सिमाभन्दा पनि बढी समय हिराशतको अवस्थामा राखिएको छ । उनीहरुले उपलब्ध बेडहरुको प्रतिक्षा गर्दा अस्थायी हिराशतको अवस्थामा राख्नुपरेको हो ।

बाइडेन प्रशासनले जनस्वास्थ्य सम्बन्धि आदेश टाइटल ४२ लगाएर कोरोनाको महामारीका कारण अधिकांश बयस्कहरुलाई मेक्सिको नै फिर्ता गरिदिएको छ । तर यो निष्काशन नीतिका कारण एउटै आप्रवासी पटकपटक सिमाक्षेत्रबाट छिर्न खोज्दा पक्राउ परेका छन् । यो श्रेणीमा कतिजना पर्छन् भन्नेबारे सीबीपीले स्पष्ट पारेको छैन । तर ३० देखि ४० प्रतिशत बयस्कहरु एकपटक फर्काएपछि पनि पुन अमेरिका प्रवेश गर्न खोज्ने पटकेहरु रहेको सीबीपीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com