गाडिएको अवस्थामा फेला पर्‍यो ३२ दिनअघि बेपत्ता भएका दम्पतीको शव


प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोर्वाबाट बेपत्ता पारिएका दम्पतीको शव फेला परेको छ।

६८ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया श्रीमती गीतादेवी झाको शव पिपरा गाउँपालिका–२ स्थित अतरार जाने बाटोमा प्रहरीले फेला पारेको हो।

घरमा सुतिरहेको अवस्थामा मुसाफिर र गीता फागुन १० गते बेपत्ता भएका थिए।

दुवै जनाको शव गाडिएको अवस्थामा बरामद गरिएको हो। कपडा, चुरा, साडी, पोतेलगायतका सामानका आधारमा छोरा मनिषकुमार झाले शवको खनाखत गरेका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले हालै खनिएको माटो देखिएपछि खन्दै जाने क्रममा कंकाल र लत्ताकपडा फेला पारेको थियो। झा दम्पतीलाई खोज्ने क्रममा प्रहरीले धनुषा र महोत्तरीका ४२ वटा पोखरी सर्च गरेको थियो।

झा दम्पतीको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। तर, पक्राउ परेका उनीहरूले अपराध स्वीकार गरेका छैनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com