दुर्गाप्रसाद तिम्सिनाले लिए नागरिकता


प्रकाशित मिति : चैत्र १२, २०७७ बिहीबार

विनासुनुवाइ ४० वर्ष भारतीय जेलमा बिताएर स्वदेश फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता लिएका छन्। भतिजा गोपाल तिम्सिनाले सनाखत गरेपछि उनलाई जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार नागरिकता दिएको हो।

उनको जन्मस्थानमा एकतप्पा गाविस र हालको ठेगानामा माइ नगरपालिका १० लुम्बाक राखिएको छ। जन्ममिति भने २०१७ साउन २० गते उल्लेख छ। नागरिकतामा प्रशासकीय अधिकृत देवीचरण फुयाँलले हस्ताक्षर गरेका छन्। उनको नागरिकता बनाउन बुधबार वडा कार्यालयले सिफारिस गरिदिएको थियो।

स्वदेश फर्कँदा मानसिक रुपमा कमजोर देखिएका दुर्गाप्रसाद बिस्तारै परिवारसँग घुलमिल हुन थालेका छन्। उनको उपचार भने प्रदेश १ सरकारले गरिदिने घोषणा गरिसकेको छ।

अदालतको आदेशपछि गत शनिबार दुर्गाप्रसाद कोलकातास्थित दमदम जेलबाट छुटेका थिए। तिम्सिना दार्जिलिङ आन्दोलनका क्रममा एक महिलाको ज्यान मारेको मुद्दामा पक्राउ परेका थिए। उनलाई दार्जिलिङबाट पक्राउ गरि विभिन्न कारागार हुँदै कोलकाता पुर्‍याइएको थियो। उनले आफू निर्दोष भएको बताएका छन्। लामो अवधि जेलमा शारीरिक र मानसिक यातनाका कारण उनको स्वास्थ्य अवस्था नाजुक छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com