बेरोजगारी विमाको १० हजार २ सयमा ट्याक्स छुटका लागि सफ्टवेयर अपडेट
प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार
अनलाइन मार्फत ट्याक्स फाइल गर्ने कम्पनीहरु टर्बो ट्याक्स र एच एण्ड आर ब्लक लगायतले बेरोजगारी विमाको १० हजार २ सयमा ट्याक्स छुटका लागि सफ्टवेयर अपडेट गरेका छन् । तर विद्युतीय रुपमा ट्याक्स फाइल गर्नेहरुका लागि राज्यको करका सन्दर्भमा भने केही समस्याको सामना गर्नुपर्ने अवस्था कायमै रहेको छ ।
राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा सन् २०२० मा बेरोजगारी विमा रकम लिएकाहरुका सन्दर्भमा सुरुको १० हजार २ सयसम्मको रकममा ट्याक्समा छुट दिने व्यवस्था गरेको छ । अमेरिकामा झण्डै ४० मिलियनले गत बर्ष बेरोजगारी विमा रकम लिएका छन् भने उनीहरुले औषतमा १४ हजार डलर प्राप्त गरेका छन् ।
टर्बो ट्याक्सले गतबर्ष झण्डै ४० मिलियन आवेदन प्रकृयामा लगेका थिए । झण्डै ७ मिलियनले एच एण्ड आर ब्लकको प्रयोग गरेका थिए । कम्पनीका अनुशार अब बेरोजगारी विमा रकम लिएकाहरुका सन्दर्भमा सुरुको १० हजार २ सयसम्मको रकममा ट्याक्समा छुट सहित ट्याक्स प्रकृयामा लैजान शुक्रबारदेखि नै सुरु भएको छ ।
यसैबीच आईआरएसका कमिश्नर चक रेटिगले पहिले नै ट्याक्स फाइल गरिसकेकाहरुलाई थप कुनै कदम नचाल्न र आईआरएसले आफै १० हजार २ सय डलरमा लिएको ट्याक्स रिफण्ड गर्ने जानकारी दिएका छन् ।
राहत प्याकेजले बार्षिक आम्दानी १ लाख ५० हजारभन्दा कम रहेकाहरुको सन्दर्भमा सन् २०२० मा बेरोजगारी विमाको रकम लिएकाहरुका सन्दर्भमा १० हजार २ सय सम्मको रकममा ट्याक्स नलाग्ने व्यवस्था गरेको छ । तर बाइडेनले बिलमा हस्ताक्षर गर्नु अगाडि नै ट्याक्स फाइल गरेकाहरु उक्त छुट कसरी प्राप्त गर्ने भन्ने सन्दर्भमा अन्यौलमा रहेका थिए ।
#IRS strongly urges taxpayers to not file amended returns related to the new legislative provisions in the American Rescue Plan Act until the agency issues additional guidance. https://t.co/mgDlwUGRwj #COVIDreliefIRS pic.twitter.com/TiZobMCfKo
— IRSnews (@IRSnews) March 18, 2021
पहिले नै ट्याक्स फाइल गरेकाहरुले ट्याक्स परिमाजर्न फाइल गर्न वा कुनै कदम चाल्नु नपर्ने भएको छ । रेटिगले भने – ‘पहिले नै ट्याक्स फाइल गरिसकेकाहरुले ट्याक्स परिमार्जन फाइल नगर्नुहोला । हामी विश्वास गर्छौ कि हामीले यो मामला आफै सल्टाउन सक्षम हुनेछौं । हामी विश्वास गर्छौ कि हामीले १० हजार २ सयसँग सम्बन्धित रिफण्ड स्वत जारी गर्न सक्षम हुनेछौं ।’
आईआरएसले ट्याक्स फाइल गर्ने अवधि मे १७ सम्म थप गरिसकेको छ ।






