सरकारले सहमति कार्यान्वयन नगरेकोमा विप्लवको असन्तुष्टि


प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार

फाइल तस्बिर

गत फागुन २० गते सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियो। जसको एउटा प्रमुख बुँदा थियो–देशका विभिन्न कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने।

तर तीन साता पुग्नै लाग्दा पनि सहमति कार्यान्वयन नभएपछि विप्लवले सोमबार प्रधानमन्त्री केपी ओलीलाई भेटी असन्तुष्टि व्यक्त गरेका छन्।

भेटमा विप्लवले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता-कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका थिए। उनले आफ्ना कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता कहिले हुन्छ भन्दै जिज्ञासा राखेका थिए। यस विषयमा ओलीले सहमति कार्यान्वयन गर्ने आश्वासन दिएको बताइएको छ।

अहिले पनि विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली, माइला लामा, चुडामणि ओली, भरत बम र चन्द्रबहादुर चन्द गरी पाँच केन्द्रीय सदस्य तथा १ सय ४३ नेता+कार्यकर्ता जेलमै रहेको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com