ओली पक्षको केन्द्रीय कमिटी बैठक : ओली थप शक्तिशाली


प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार

नेकपा एमालेको केपी शर्मा ओली पक्षले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाएको छ। ओलीपक्षको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीका सदस्यलाई हटाउने, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई नै प्रत्यायोजन गरेसँगै ओली थप शक्तिशाली बनेका हुन्।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेका नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार पनि ओलीलाई नै दिएको छ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका अख्तियारी पनि पार्टी अध्यक्षलाई दिइएको छ।
५ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय
बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। उनीहरुलाई पार्टी हितविरुद्ध काम गरेको र गुटगत भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो।

महाधिवेशन आयोजक कमिटी गठन
बैठकले १० औं महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ। २८ फागुनमा बालुवाटारमा बसेको ओलीपक्षको केन्द्रीय कमिटी बैठकले २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फागुन २८ गतेको केन्द्रीय कमिटी सदस्य संख्या २ सय ६२ जना पुर्‍याइएकोमा त्यसैलाई महाधिवेशन आयोजक कमिटी बनाइएको जनाइएको छ।

शनिबारको बैठक माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बहिस्कार गरेको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com