४० बर्षपछि भारतको जेलमा भेटिएका इलामका दीपकलाई रिहा गर्न अदालतको आदेश, घर फर्कदै


प्रकाशित मिति : चैत्र ५, २०७७ बिहीबार

४० बर्षसम्म विना सुनुवाई जेलमा बसेका नेपाली दीपक जैसी तिम्सिनालाई भारतको कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएको छ । अब उनी केहीदिनमा घर फर्कने तयारी गरेको जनाइएको छ ।

इलामबाट ४० बर्ष अगाडि हराएका उनी हालै भारतको जेलमा भेटिएका थिए । उनी २०३७ सालमा इलामको एक तप्पाबाट हराएका थिए । उनको मुद्दाको पेसी ४० वर्षसम्म अदालतमा चढेको थिएन।

हराउँदा २० वर्षका युवक रहेका दीपक जैसी अहिले ६० बर्ष पुगिसकेका छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेको चार दशकसम्म पनि सुनुवाइ हुन नसक्दा उनी घर फर्कन पाएका थिएनन् । तर कोलकाताको दमदम कारागारमा रहेका उनलाई बुधबार अदालतले रिहा गर्न आदेश दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दीपककी आमा

रोजगारीको खोजीमा उनी भारतको दार्जिलिङ गएका र त्यहाँ बस्ने क्रममा प्रहरीले पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा लागेको थियो ।

२०३७ सालमा उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडेपछि कहिले पनि घर फर्केर नआएको र परिवारका सदस्यले उनको मृत्यु भइसकेको आशङ्का गरेका थिए ।

अदालतको आदेशपछि उनका आफन्तहरु दीपकलाई घर ल्याउन बिहीवार कोलकातातर्फ लागेको जनाइएको छ । शुक्रबार दीपकका आफन्त र कोलकातास्थित महावाणिज्य दूतावासले संयुक्त रूपमा उनलाई बुझ्ने र घर ल्याउने जनाइएको छ ।

४० बर्षसम्म मुद्दाको फैसला नगरी कारागारमा राखिएको भन्दै भारत सरकारले क्षतिपूर्ति दिनुपर्ने दीपकका परिवारको माग रहेको छ । दीपकको अवस्था ज्यादै दयनीय भएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com