ओली पक्षको संसदीय बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि


प्रकाशित मिति : चैत्र ५, २०७७ बिहीबार

नेकपा एमालेको ओली पक्षले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत समेटेर संसदीय बोर्ड गठन गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी ओली नेतृत्वको २४ सदस्यीय बोर्ड गठन गरेको हो।

बोर्डमा दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी पदेन सदस्य रहनेछन्। अन्य सदस्यहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, मोहन बानिया, नारदुमनी राना, उपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक छन्।

संसदीय दलको अर्को बैठक चैत ७ गते बिहान साढे १० बजे बस्ने तय भएको छ। सोही दिन एमालेले केन्द्रीय कमिटी बैठक राखेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com