टीपीएस र डाकामा हुनेलाई ग्रिनकार्डहुँदै नागरिकता दिने बिलमा भोलि मतदान


प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार

भोलि अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा डाका र टीपीएसबाहकलाई नागरिकताको बाटोमा लैजाने दुईवटा महत्वपूर्ण अध्यागमन बिलमा मतदान हुने भएको छ । यी बिलहरु ११ मिलियनलाई कागजपत्र दिने खाकासहित राष्ट्रपति जो बाइडेनले अगाडि सारेको अमेरिकी नागरिकता ऐन २०२१ बिलभन्दा फरक हुन् ।

मंगलबार प्रकृयागत अवरोध पार गरिसकेका यी बिलहरुमा बिहिबार मतदान हुने हाउसमा डेमोक्रेटिक नेता स्टेनी होयरले बताएका छन् । दुबै सदनबाट यो बिल पारित भएमा साढे ४ मिलियनलाई ग्रिनकार्ड हुँदै अमेपरकी नागरिकताको बाटो खुल्नेछ । यद्यपी सिनेटबाट बिल पारित गर्न भने सहज छैन । त्यसैले बिलको सिनेटमा मृत्यु हुने सम्भावना छ ।

फोटो: अधिकार

बिहिबार मतदान हुने अमेरिकन ड्रिम एण्ड प्रमिस एक्टमा टीपीएस र बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाकाले समेटेकाहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने उल्लेख छ । यो बिल पारित भएमा झण्डै १० हजार नेपाली टीपीएसबाहकहरुलाई फाइदा पुग्नेछ । डाकाले समेटेका नेपालीहरु भने एकसयभन्दा पनि कम छन् ।

त्यस्तै अर्को फार्म वर्कफोर्स मोर्डनाइजेशन एक्टमा कृषि कामदारहरुलाई कानुनी स्टाटसका लागि बाटो बनाउने उल्लेख छ । विगत २ बर्षमा कम्तीमा १८० दिन काम गरेका कृषि कामदारहरुलाई यो सुविधा प्राप्त हुनेछ । यो श्रेणीमा पर्ने नेपालीहरु रहेको कुनै सार्वजनिक रेकर्ड छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com