कर्णाली प्रदेश : सरकारलाई दिएको समर्थन फिर्ता लिने ओली पक्षको निर्णय, नेपाल पक्ष भन्छ–समर्थन कायमै छ


प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार

एमालेमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीचको टकरावको असर प्रदेश सरकारमा देखिएको छ। ओली पक्षले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको छ। एमाले संसदीय दलको बुधबार बसेको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा परेको हो।

एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई पाँच दिनभित्र फिर्ता हुन निर्देशनसमेत दिएको छ।

कर्णाली प्रदेश सरकारमा एमाले तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन्।

संसदीय दलको बैठकमा एमालेका २० मध्ये १० सांसद उपस्थित थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन्।

उता, कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारलाई एमाले प्रदेश सभा दलको समर्थन कायमै रहेको बताएका छन्।

उनले बुधबार गरिएको भनिएको संसदीय दलको बैठक गुटको भेलामात्रै भएको उल्लेख गर्दै बैठकका लागि आधिकारिक सूचना नआएको बताए। संसदीय दलको विधानसमेत नबनेको अवस्थामा उक्त निर्णय कानुनसम्मत नभएको उनको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com