भेला नगर्न ओलीको चेतावनी, खनाल–नेपाल पक्ष भन्छ–रोकिँदैन


प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको भेला नगर्न माधव नेपाल तथा झलनाथ खनाल समूहलाई चेतावनी दिएका छन्। बालुवाटारमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त भेलामा सहभागी हुनेलाई कारबाही गर्ने संकेतसमेत गरे।

‘एकथरि साथीहरू देखिनु भएन (चियापानमा), प्रधानमन्त्रीको निम्तोमा नजाने निर्णय गर्नुभएको छ,’ ओलीले भने, ‘एकथरि अनुहार देखिएन त्यो राम्रो लक्षण होइन। भोलिको भेला गर्नुहुन्छ भने एक नजर त्यता राखिन्छ।’

उनले नेपाल–खनालको भेलामा नजान पार्टीका नेता–कार्यकर्तालाई सचेत गराउँदै पार्टीमा भाँडभैलो गर्ने छुट कसैलाई नभएको बताए।
‘केही मानिसहरू छुट्टै भेला र बैठक गरिरहेका छन्, प्रतिवेदन पेश गर्ने रे, समानान्तर कमिटी बनाउने रे, पार्टीमा अब अराजकता र उच्छृंखलना गर्ने छुट छैन, भाँडभैलो मचाउने काम स्वीकार्य हुँदैन,’ उनले भने, ‘अनुशासनहीन काम भयो भने पार्टीको विधान छ, दलको विधानको छ, राजनीतिक दलसम्बन्धी कानुन छ। म त्यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले अपराध गर्नेलाई स्वागत गर्न नसकिए पनि पार्टीमा काम गर्न नरोकिने उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘यस पार्टीमा कसैमाथि अन्याय हुँदैन, ठूलाठूला अपराध भएका छन्, तर, फराकिलो छाति लिएका छौं,’ ओलीले भने, ‘अपराध गर्नेलाई स्वागत गर्छौं भनेर त भन्न सकिँदैन। तर, आउन सकिन्छ, काम गर्न पाइन्छ।’

खनाल–नेपाल पक्षले भने राष्ट्रिय भेला नरोकिने स्पष्ट पारेको छ। पार्टी एकता र सर्वोच्चको फैसलापछि विकसित घटनाक्रमबारे वृहत छलफल हुने भएकाले राष्ट्रिय भेला नरोकिने सो समूहको भनाइ छ।

भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष आफैं गलत ठाउँमा खडा भएकाले अरूलाई कारबाही गर्न नसक्ने जिकिर गरे।

फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले पूर्ववत अवस्थामा फर्किसकेकाले त्यहीँबाट पार्टी सञ्चालन हुनुपर्नेमा ओलीले गुटको भेला बोलाएर विधानविपरीत निर्णय गरेको उनको भनाइ छ। उनले ओलीले कारबाहीको कुरा गरेर तर्साउनमात्र खोजेको बताए।

‘अस्तिको कदम नै गलत थियो, हामीले अस्वीकार गरिसकेका छौं, हिजो अध्यक्षलाई जानकारी पनि गराएका छौं,’ पाण्डेले भने,‘गलत अडानमा खडा भएका व्यक्तिले कारबाहीको कुरा गरेर कार्यकर्तालाई तर्साउनमात्र खोजेका छन्।’

राष्ट्रिय भेलामा सांसद, पूर्वसांसद, केन्द्रीय सदस्य, स्थानीय तहका अध्यक्ष, उपाध्यक्षसहित दुई हजारभन्दा बढी नेता कार्यकर्ताको सहभागिता जनाइएको छ।

भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधानसम्मत रुपमा अघि बढाउनेबारे व्यापक छलफल हुने सो समूहले जनाएको छ।

पत्रकार सम्मेलनमा सो पक्षका प्रचारविभाग प्रमुख योगेश भट्टराईले केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणापत्र प्रस्तुत गरिने र टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने जनाएका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com