‘न्युयोर्कमा नेपाल डे परेड सफल पार्ने सबैलाई धन्यवाद’


प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार

-मंगल दास श्रेष्ठ

न्युयोर्क शहरमा नेपालीहरुको गौरव एवंम् पहिचानको रुपमा स्थापित हुदै गरेको नेपाल डे परेड आज यहाँहरुको विशेष सहयोग र सहभागितामा भव्य रुपमा सफल भएको छ । यो सफलता तपाई हामी सम्पूर्ण नेपालीहरुको सफलता हो । बुद्ध जयन्ती तथा गणतन्त्र दिवसको अवसरमा सम्पन्न आजको यस दोश्रो नेपाल डे परेड २०१७ प्रवासमा नेपलीहरुको पहिचान र डायस्पोराको ऐक्यबद्दताको रुपमा परिचित गराउदै नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउनु रहेको छ ।

नेपाली डायस्पोरालाई अन्य अमेरिकी समुदायमाझ चिनारी गराउदै हाम्रो मातृभूमिलाई पर्यटन मार्फत प्रबर्धदन गराउनु यो नेपाल डे परेडको पबित्र उद्धेश्य रहेको छ । गत सालबाट प्रारम्भ गरिएको यो परेडले अनन्तकालसम्म नेपाल र नेपालीहरुको गौरवको रुपमा निरन्तरता प्राप्त गर्ने छ भन्ने विश्वास आजको हाम्रो सहभागिता, सक्रियता र ऐक्यबद्दताले प्रमाणित गरेको छ । यो दोश्रो नेपाल डे परेड पूर्ण रुपमा सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका सम्पूर्ण संघसँस्था, ब्यबसायी, शुभेच्छक, स्थानीय निर्वाचित प्रतिनिधिहरु, स्वयमसेवक साथीहरु एवम् पत्रकार मित्रहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।

विशेष गरेर दोश्रो नेपाल डे परेड २०१७ का समितिका सहकर्मी साथीहरुको लगनशीलता र सद्भावपूर्ण कर्मप्रति म व्यक्तिगत रुपमा कृतज्ञता प्रकट गर्दछु । अन्त्यमा तर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको नेपाली महाबाणिज्यदुतवास न्युयोर्क, ग्रयाण्ड मार्शल मिङमा किपा शेर्पा तथा प्रमुख अतिथि नेपाल सरकारको उधोगमन्त्री नविन्द्रराज जोशीप्रति हार्दिक आभार ब्यक्त गर्दछौ । साथै, न्युयोर्क राज्यभन्दा बाहिरबाट उत्साहपुर्वक रुपमा हाम्रो अभियानलाई ऐक्यबद्दता जनाउदै मातृभूमिप्रति माया देखाउदै सहभागी हुनु भएका सम्पूर्ण संघसँस्था तथा शुभेच्छकहरुप्रति हार्दिक धन्यवाद सहित नमन गर्न चाहन्छु ।

श्रेष्ठ नेपाल डे परेड २०१७ का कन्भेनर हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com