Follow @khasokhasmag

न्युयोर्कको म्यानहटनमा झल्कियो नेपाल, १० हजार सहभागी


प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार

-अनिल अधिकारी

नेपालको परिचय विश्व समुदाय सामु चिनाउने उदेश्यले संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा नेपाल डे परेडको आयोजना गरिएको छ ।

न्यूयोर्कको मेडिशिन एभिन्यूमा आयोजना गरिएको कार्यक्रममा अमेरिकाभर बस्ने नेपालीहरुले सहभागिता जनाएका थिए । नेपालको भाषा सस्कृति तथा भेषभुषा र समग्र नेपालको परिचय दिने हिसावले कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

नेपाल डे परेडमा अमेरिकाको न्यूयोर्क तथा अन्य राज्यमा बसोबास गर्ने करिव १० हजारको संख्यामा नेपाली सहभागी थिए । कार्यक्रममा नेपालको बिभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने समुदायले आआफ्नो भेषभुषा सहित उपस्थिति जनाएका थिए ।

परेड कार्यक्रममा अमेरिका भ्रमणमा रहेका उद्योगमन्त्री नविन्द्रराज जोशी, राजदुत डा. अर्जुनकुमार कार्की लगायत अन्य क्षेत्रका व्यक्तिहरुले समेत सहभागिता जनाएका थिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com