लहानको मालपोत कार्यालयमा विस्फोट, ८ घाइते, गोइत समूहले लियो जिम्मा


प्रकाशित मिति : चैत्र १, २०७७ आईतबार

सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते भएका छन्। सेवाग्राही तथा कर्मचारीहरु व्यस्त भइरहेको समयमा मध्यान्ह पौने १ बजे प्रेसर कुकर बम बिस्फोट भएको हो।

विस्फोटमा सिरहा धनगढीमाई नगरपालिका–४ बस्ने ३० वर्षीय सेवाग्राही दिनेश भण्डारी गम्भीर घाइते छन्। त्यस्तै सिरहा बिष्णपुरा गाउँपालिका बस्ने कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखन्दास भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ बस्ने ३५ वर्षीय लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ बस्ने ५२ वर्षीय लालबहादुर विश्वकर्मा, गोलबजार बस्ने ३८ वर्षीया फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका बस्ने ५४ वर्षीय बद्रीनारायण यादव घाइते भएका छन्।

गम्भीर घाइते भएका भण्डारी, भोलाबहादुर मगर र शिवकुमार यादवको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ। घटनास्थलमा तराई जनमुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ।

गोइत समूहले लियो जिम्मा
यसैबीच, बिस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समूहका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको बताउँदै मालपोत कार्यालयमा १२ बजेर ४७ मिनेट जाँदा बम विस्फोट गराएको बताएका छन्।

तराईका सरकारी कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत गोइतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार सरकार र प्रदेश सरकार रहने गोइतको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com