नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ मा


प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार

नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल पक्षले आगामी चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। सो समूहको शनिबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको भेलाले उक्त निर्णय गरेको हो।

चैत ४ र ५ को भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, सांसद, जिल्ला तथा प्रदेश कमिटीका पदाधिकारी, सबै पालिकाका प्रमुख, उपप्रमुख, जनवर्गीय र पेशागत संगठन तथा केन्द्रीय विभागका सदस्य सहभागी हुने नेता भीम रावलले जानकारी दिए।

उक्त भेलाले महत्वपूर्ण निर्णय गर्ने पनि रावलले बताए। उनले त्यसलगत्तै राष्ट्रिय स्तरको महिला कार्यकर्ता भेला गर्ने पनि उनले जानकारी दिए।

रावलले केपी ओलीले केन्द्रीय कमिटीमा गरेको मनोनयन विधान र नियमावलीविपरीत रहेको बताए। ‘एमालेमा मनोनयनको स्पष्ट व्यवस्था छ, महाधिवेशनबाट निर्वाचितमात्रै पदाधिकारी रहने व्यवस्था छ र केन्द्रीय कमिटी सदस्यको पनि निश्चित संख्या तोकिएको छ’ उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओलीले पार्टीको विधान संशोधन गरेको भनी गरेको दाबी पनि हाँस्यास्पद रहेको उनले बताए। ‘विधान अधिवेशनको एक महिनाअघि सुझाव लिइसकेपछिमात्रै संशोधन गर्नसकिन्छ, केपी गुटले कहाँ गर्नुभो विधान अधिवेशन, यस्तो त हुकुमी शासनमा पनि सुनिएको थिएन,’ उनले भने।

ओलीको काउन्टरमा समानान्तर कमिटी
नेपाल–खनाल पक्षको शनिबारको बैठकले पार्टी कामको संयोजन गर्न भन्दै प्रदेश–१ का लागि भीम आचार्य, प्रदेश–२ का लागि घनश्याम भुसाल, बागमती प्रदेशका लागि अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशका लागि सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशका लागि युवराज ज्ञवाली र सुदूरपश्चिमका लागि भीम रावललाई इन्चार्ज तोकेको छ।

यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्य र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com